Logo

कानेपोखरीमा आगलागि


कानेपोखरी गाउ पालिका वडा -६ निवासी बिर बहादुर भटराइको घरमा बिधुत सट भइ उहाको घर मा आग्लागी भएको छ । मानबिय केही घटना नभएको र थप बिबरण आउन बाकी !!!

आगलागीबाट बच्न जनचेतना : नेपालमा आगलागीसम्बन्धी जनचेतनाको स्तर शहरी क्षेत्रमा समेत अन्यन्त न्यून छ यसैको कारण वर्षेनि शहर बजार तथा तराई पहाडमा ठूलठूला आगलागीको घटना हुने गर्दछ ।  गर्मी मौसमको सुरुवात सँगै तराई मधेशमा आगलागीको कारण एकैपटक पचासौँ घर आगलागीको चपेटामा परी ध्वस्त भएको र करोडौँको धनमाल नष्ट भई सयौँ मानिस घरबारविहीन भएको तथा कतिपय स्थानमा मानवीय क्षति समेत भएको कुरा प्रकाशमा आइरहेको छ ।

आगलागी मानव सिर्जित विपद्् हो  मानवीय गल्ती कमजोरी र लापरबाहीको कारण आगलागीको घटना हुने गर्दछ झट्ट हेर्दा र सुन्दा सामान्य जस्तो लाग्ने यस्ता मानवीय गल्ती, कमजोरी र असावधनीको कारण आगलागी भई करोडौँको क्षति, सयौँ मानिस घरवारविहीन हुन्छन् ।  घटना पछि राज्यले लाखौँ रुपियाँ राहत स्वरूप अग्नि पीडितलाई  वितरण गरिरहेको हुन्छ ।  यही रकम आगलागी पूर्व आगलागीको जोखिम क्षेत्रको जनताका लागि  जनचेतना अभिवृिद्ध कार्यमा लगाउन सकेमा नागरिकले पनि अग्नि पीडाबाट पीडित हुन पनि नपर्ने र राज्यले आगलागी नियन्त्रणको लागि स्रोत साधनको परिचालन पनि गर्न नपर्ने अवस्था सिर्जना हुने थियो ।

अग्नि नियन्त्रण तथा उद्धारको कार्य आपत्कालीन मानवीय सेवा हो यो विषय नागरिकको ज्युज्यानसँग सम्बन्धित विषय भएको हँुदा यसमा सरकारी स्तरबाट भएका पहल र प्रयासको बारेमा बहस गर्ने बेला भई सकेको छ ।  नेपालमा अग्नि नियन्त्रण सेवा सरकारी प्राथमिकतामा परेको देखिँदैन जब कही ठूला आगलागीको घटनाहरू घट्छन् त्यसपछि सम्बन्धित निकायलाई सचेत र पत्राचार गर्ने औपचारिकतामा मात्र सरकारी प्रयास सीमित छ ।  ठूला आगलागीको घटनाबाट पाठ सिकी  दमकल तथा दमकलकर्मीहरूको क्षमतामा अभिवृद्धि गर्नेतर्फ प्रयास भएको देखिँदैन ।

आगलागीसम्बन्धी जनचेतना अभिवृद्धि कार्यमा समेत सरकारी प्रयास फितलो छ ।  सरकारी निर्देशन मात्र आगलागी नियन्त्रणका लागि पर्याप्त हुँदैन यसको लागि आवश्यक जनशक्ति स्रोत साधनको व्यवस्था गर्नु पर्दछ ।  अग्नि नियन्त्रणको लागि दमकललाई खबर गर्ने एकीकृत टोल फ्री फायरकल नम्बरको व्यवस्था समेत हालसम्म छैन ।  काठमाडाँै उपत्यकाभित्र फायरकल १०१ को व्यवस्था भए पनि यो एकीकृत छैन जुन जिल्लाबाट फोन ग¥यो सोही जिल्लाको दमकल कार्यालयमा फोन जान्छ ।  फोन गर्ने व्यक्तिलाई शुल्क लाग्दैन तर यो सुविधा उपलब्ध गराएबापत टेलिकमले दमकल कार्यालयसँग सेवा शुल्क लिन्छ यो पूर्ण रूपमा निःशुल्क होइन यसबाट पनि दमकल कार्यालयलाई हेर्ने सरकारी दृष्टिकोण प्रस्ट हुन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्