Logo

लुक्ला विमान दुर्घटना ताजा अपडेट : मृत्यु र घाईते यस्तो


तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या तिन पुगेको छ । दुर्घटनामा परी समिट एयरको कोपाइलट सुनिल ढुंगाना र विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरी जवान असई राम बहादुर खड्काको घटनास्थल मै मृत्यु भएको थियो । गम्भीर घाइते रहेका असई रुद्र श्रेष्ठको पनि उपचारको लागी काठमाडौँ ल्याउने क्रममा मृत्यु भएको खबर आएको छ ।

समिट एयरका क्याप्टेनसहित केहीलाई भने उपचारका लागि काठमाडौं ल्याईएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिनुभयो । विमानमा चालक दलका सदस्य मात्र थिए । पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान चिप्लिएर दुइ सय मिटर पर रहेको हेलिकप्टरमा गएर ठोक्कीएर दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

 

 

प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको थियो । पछी आगो नियन्त्रणमा लिइएको थियो । लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको ‘एल १०’ कलसाइनको विमान दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीहरूका अनुसार अवतरण गर्ने क्रममा चिप्लिएर मनाङ एयरलाइन्स र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो । विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ ।

मृतक कोपाइलट सुनिल ढुंगाना र असई राम बहादुर खड्काको शव पोस्ट मार्टमको लागी हेलिकप्टर मार्फत काठमाडौँ पठाई सकिएको लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनु भयो ।

दुर्घटनामा समिट एयरका पाइलट र मनाङ एयरकाे हेलिकप्टरका पाइलट गभ्मीर घाइते छन्। अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ। लुक्लामा दैनिक दर्जनौ उडान हुने गर्दछ ।

दुर्घटनास्थलको भिडियो हेर्नुहोस :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्