Logo

विपत्तको सारथी नेपालको कर्णधार युवाहरुलाई विदाई


-राजु बिक्रम चाम्लिङ
वारा र पर्सा जिल्लामा आएको आँधीको आपत्तकालिन समयमा युवा सारथी युवा संघका कार्यकर्ताहरु जो आँधी प्रभावित समूदायहरुमा चैत्र १८ गतेबाट निरन्तर सारथीको रुपमा खटेका युवाहरुलाई आज वारा र पर्सा जिल्ला युवा संघ र वाइसियल नेपाल तथा नेकपा जिल्ला कार्यसमितिले भव्यताका साथ खुशी मनाउँदै विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।

आपतकालिन समयमा युवा संघ तथा वाइसियल नेपालले आर्थिक, खाद्यान्न, लत्ताकपडा, अस्थायी तहरा निर्माण लगायतका सामग्रीहरुमा आपत्तकालिन सहयोग गरेका थिए । पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ– आँधीआए तराईमा पहाडले छेक्नुपर्छ, हैन भने देशभक्ति छैन हाम्रो छातिभित्र–माटोलाई चोट लाग्दा–मुटुहरु दुख्नुपर्छ, भनेजसरी तराईका जिल्लाहरुमा यसरी प्राकृतिक प्रकोपले सताईरहँदा देशभरका नेकपाका युवा संगठनमा आवद्ध भएका युवाहरुले तराईको आपत्तकालिन अवस्थामा सबै जुटेर सहयोग गर्दा निश्चय नै नेपाल तथा नेपालीपन र मन अनि नेपाली आमाको साथ पाएको आभास भएका गरेका छन् ।

यस सहयोगले नेपालीहरुबीचको एकता सद्भाव अझ मजवुत भएको छ । नेकपाका युवा संगठनका कार्यकर्ताहरु धन्यवादका पात्र मात्रै होइन अबको देश नेपाललाई सही मार्गमा हिडाउन सक्ने सन्देश यस सहयोगी कार्यले देखाएको छ । अब यीनै युवाहरुले राष्ट्र पनि हाँक्नेछ । जय युवा ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्