Logo

नेपाल लगायत मलेसियामा भव्यताका साथ् पुर्खा दिवस सम्पन्न


विचारी चाम्लिङ्ग / काठमाडौ – विगत दुई सय बर्ष पुरानो गोर्खालीहरुको ईतिहासमा आफ्नो राष्ट्रभूमि नेपाल बचाउनका लागि मात्रै नभई मलेशिया, अमेरिका, यूरोप, जापान, सिङ्गापुर, भारत र अष्ट्रेलिया लगायतका देशहरुमा समेत सेवा गर्दा लडाईमा ज्यानको बाजी थाप्दै डटेर लड्दै देश तथा बिदेशमा विरगति प्राप्त गरेका वीर गोर्खालीहरुको उच्च सम्मान र स्मरणमा सन् २००५ अप्रील ५ देखि यो दिवस मनाउन थालिएको हो ।

सन् १९४८ देखि मलेशियामा लगातार १५ बर्ष सम्म कम्युनिष्ट विद्रोह दबाउन मलेसिया प्रहरी संग भिन्दा भिन्दै युद्ध मोर्चाहरुमा १३ सय भन्दा बढी हाम्रा गोर्खाली सैनिकहरुले मलेसियाली सरकारका लागि विर गति प्राप्त गरेका थिए । आजभन्दा ७३,७४ बर्ष अगाडि दोस्रो विश्व युद्धताका युद्धमा होमिएका वीर गोर्खाली सैनिकहरुको समाधि र तिनका परिवारहरुको चिहानलाई संरक्षण र सम्वर्द्धनका लागि मलेसियाका विभिन्न ९ स्थानहरुमा ईपो, मलक्का,. सेरेम्वान, कुलाई, सुंगाई पतानी, जोहर, ताईपिङ्ग , कुलाङ्ग लगायतका स्थानहरुमा गोर्खालीका समाधि स्थलहरु निर्माण गरिएको छ । यी समाधि स्थलहरु त्यहाँ स्थित वेलायती उच्च आयोग र मलेसियाली सैनिकहरुको संयुक्त संरक्षकत्वमा रहेको छ ।

वेलायती उच्च आयोगले वीर गोर्खालीहरुको चिहान संरक्षण गर्नमा सहयोग पुर्याएको छ भने The International Malaya and Borneo Vetarans Association ले विगत १४ बर्ष अगाडि देखि मलेसियाको ९ स्थानहरुमा भएका समाधिहरु मध्ये पेराक राज्यको इपो स्थित तानजुङ्ग रम्बुतानमा रहेका ११३ वटा समाधिहरुको संरक्षणमा सहयोग गर्दै र बार्षिक स्मृति दिवसको कार्यक्रम गर्दै आईरहेको संस्थाका अध्यक्ष Dato R Thambipilly बताउछन् । उनको अनुसार वीर गोर्खालीहरुले मलेसियालाई कम्युनिष्ट विद्रोहबाट बचाउन गरिएको बलिदानलाई स्मरण तथा सम्मान गर्न बार्षिक स्मृति कार्यक्रमको आयोजना गर्ने गरिएको हो । साथै मलेसिया स्वतन्त्रताको बेला संकटकालीन अवस्थामा गोर्खालीहरुले बहादुरी पुर्वक आफ्नो जिउ ज्यानको पर्वाह नगरी रक्षा गरेका थिए । जुन बलिदानी पूर्ण वीरताको कदर र सम्मान गर्दै गोर्खालीहरुले गरेको सो खालको कार्य एक दन्त्य कथाको रुपमा मात्र रहन गएको थियो । तर सन् २००१ को नेपाल र मलेसिया बीच श्रम सम्बन्ध भए पश्चात सुरक्षा क्षेत्रमा भूपू ब्रिटिस सैनिकहरु मलेसिया आउन थाले पछि बार्षिक स्मृतिको कार्यक्रमको आयोजना गर्न लागेको Thambipilly बताउछन् ।

ति स्थानहरुमा चिन्न सकिने समाधिहरु रहेका छन् । हामी तिनका परिवारलाई यस्ता कार्यक्रममा बोलाउने गरेका छौं । बिडम्वना शहिदको परिवारलाई कसरी पहिचान गर्ने भन्ने ठुलो समस्या खडा भएको छ । र यो समस्यालाई कसरी सुल्झाउने भन्ने प्रश्न नै बाधक रहेको छ । सन् १९४७ बाट वेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछी वेलायतले भारतमा कार्यरत ४ रेजिमेण्टहरु लगेर आफ्ना सामु आफ्ना साम्राज्य भएको राष्ट्रहरुमा खटाएका थिए । मलेशियाको सातौ Dug Edinburg को निजि नाम गरेको गोर्खा राईफल्स नामको गोर्खाली संलग्न युनिट थियो भने छैटौ गोर्खा रेजिमेण्ट पनि थियो । दोस्रो राजा Edway को पनि निजि राईफल शाही सिग्नलमा गोर्खाहरु नै थिए । स्मरण रहोस, वेलायती उच्च आयोगले मलेसियाका विभिन्न स्थानहरुमा लगभग १३ सय गोर्खालीहरुको समाधिहरुलाई संरक्षण गर्दै आईरहेको छ भने, ८१७ जनाको समाधिहरु चिन्न सकिने अवस्थामा रहेका छन् ।

यसैगरी नेपालमा पनि पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई विशेष दिनको रुपमा लिंदै गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले पुर्खा दिवस मनाएको छ । उक्त कार्यक्रममा “लिभिङ्ग लेजेण्ड” भनेर परिचित मानवीर लिम्बुलाई अभिनन्दन गरिएको थियो ।

नेपाल सशस्त्र प्रहरीका पूर्वआइजिपि दुर्जकुमार राई, राष्ट्रिय गीतको रचनाकार ब्याकुल माइलाको उपस्थिति रहेको कार्यक्रममा गेसो उपाध्यक्ष मणीकुमार राई, अल्टा म्याराथुन धाविका मिरा राईको समेत उपस्थिती रहेको थियो। गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्ष महेन्द्र कुमार राईले पुर्खाको सम्झना स्वरुप आयोजित कार्यक्रममा उपस्थित सवै प्रति आभार ब्यक्त गरेका थिए । अध्यक्ष राईले अप्रिल ५ लाई पुर्खा दिवस मनाउन संसार भर रहेका सम्पूर्ण नेपाली भाषी गोर्खाहरुको कर्तब्य समेत रहेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्