Logo

धार्मिकस्थल जन्तेढुङ्गाको एक परिचय र महत्व


धनराम कार्की

खोटाङ- खोटाङ जिल्लाको महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलको रुपमा प्रसिद्ध रहेको स्थान जन्तेढुङ्गा नामले चर्चित रहेको पाईन्छ। यो जन्तेढुङ्गा खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका वडा नं ५ मा अवस्थित रहेको छ। यस जन्तेढुङ्गाको पूर्व दिशामा साविक चिसापानी गा.वि.स. हाल जन्तेढुङ्गा गाउँपालिका वडा नं ५ पश्चिम दिशामा दिप्लुङ वडा नं ६, उत्तर दिशामा खोटेहाङ गाउँपालिका र दक्षिण दिशामा साविक मौवाबोटे गा.वि.स. हाल बराहापोखरी गाउँपालिका रहेका छन् ।समतल भूभाग र केही भाग भिरालो भएको ठाउँमा अवस्थित जन्तेढुङ्गा जन्तिको आकारमा रहनु र सँगै पछाडी रहेको बेहुली बोक्ने आकारमा रहेको ढुङ्गा हुनु अलौकिक विशेषता हो।

प्राचिन कालको त्रेतायुग समाप्त भई कलियुग सुरुवात हुँदा गुल्म राजा गुल्म रानी जन्तिसहित बेहुली लिएर आउँदै गरेको अवस्थामा गुल्म राजा गुल्म रानी भोजपुर जिल्ला गइ सकेको र बाँकी जन्ति र बेहुली बोक्ने डोली सँगै रहनु अर्को महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक अलौकिक विषेशता रहेको पाईन्छ। यस जन्तेढुङ्गा दक्षिण दिशामा १०० मिटर पूर्वमा जारकोटे ढुङ्गासँगै गुन्टेढुङ्गा रहनु अर्को महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक परिसरबाट बराहपोखरीको मौवाबोटे, बेल्टारको समथल भू-भाग, उत्तर दिशातिर हिमाल र भोजपुरको आम्चोक वासिङ , यु थामडाडा बालङ्खा स्थानहरुको दृष्यवलकोकन गर्न सकिन्छ। जन्तेढुङ्गा सँगै दक्षिण दिशामा सिद्ध शिकारी र नौकोटी देविको मन्दिर रहेको पाइन्छ। सिद्ध सिकारीलाई फलफुलले पुजा आजा गर्ने प्रचलन रहेको छ भने नौकोटी देविलाई गाईको दुधले पूजा गर्दा आफ्नो मनमा चिताएको मनकामना पूरा होस् भनि पूजा आजा गर्ने प्रचलन रहेको पाईन्छ।

जन्तेढुङ्गा ऐतिहासिक, सांस्कृतिक पहिचान बोकेको हुदा त्रेता युगको अन्त्य भई कलियुगको सुरुवात हुँदा जन्ति बेहुली बोक्ने डोली सहित यसै ठाउँमा प्रत्येक्ष ढुङ्गामा लाइनै जन्ति र बेहुली बोक्ने डोली अडकिएर रहेको किंवदन्ती भएको हुँदा एकचोटी सबैजना दृष्यवलोकन गर्न महत्व रहेको छ। राज्यले पनि उचितरुपमा सरक्षण गर्नु पर्ने देखिन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्