Logo

गाेपाल किरातीले त्यागे प्रलेस


शान्ती राई
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले प्रगतिशि लेखक संघ परित्याग गरेको घोषणा गरेका छन् । अध्यक्ष किरातीले नयाँ साहित्यीक धार निर्माण अभियानमा लागेका साथीहरुको विद्रोहलाई समर्थन गर्दै मैले पनि त्यस संघको सदस्यता त्यागेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।  उनले नयाँ साहित्यीक धार निर्माण अभियानमा संलग्नलाई नेकपा माओवादी केन्द्रको समर्थन रहने यसै साथ स्पष्ट गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

भखरै वामपन्थी र प्रगतिशील विचारधारा राख्ने लेखक, साहित्यकारको साझा संस्था ‘नेपाल प्रगतिशील लेखक संघ’ विभाजित भएको छ । संघमा आबद्ध ३८ जना लेखक, साहित्यकारले वर्तमान नेतृत्व सत्ताको निकट भएको र संघको भावनाअनुसार अघि बढ्न नसकेको भन्दै नयाँ मञ्च निर्माण गर्ने घोषणा गरेका छन् । नीहरूले ‘अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल गरौं’ भन्दै शनिबार अपिल जारी गरेका छन् । यस्ता बिबिध कुराबाट नेकपा माओबादी केन्द्रको अध्यक्षले प्रलेस त्याग गरेको घोसणा गरेको हुन ।

बिज्ञप्ती  
प्रगतिशिल लेखक संघलाई दलाल पुँजीवादीको अखडा बनाउने चरम दक्षिणपन्थी तत्वसँग सम्बन्ध विच्छेद गरी नयाँ साहित्यीक धार निर्माणमा अग्रसर साथीहरुको अभियानलाई समर्थन गर्दै आजैको मितिदेखि त्यस संघको सदस्यता मैले पनि त्गागेको घोषणा गर्दछु । र, नयाँ साहित्यीक धार निर्माण अभियानमा र संलग्न नेकपा (माओवादीकेन्द्र) को समर्थन रहने यसै प्रेस नोट मार्फत प्रष्ट गर्दछु ।
गोपाल किराती
१७ चैत्र २०७५

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्