Logo

प्रभाबशाली नेत्री सुनिता राई र देव गुरुङलाई प्रहरीले पक्राउ गरेर वेपत्ता बनाएको आरोप


काठमाण्डौ-काठमाण्डौबाट पक्राउ परेका देव गुरुङ र सुनिता राईलाई प्रहरीले वेपत्ता बनाएको परिवारजनले गुनासो गरेका छन् ।  सुनिता राई पार्टिको प्रभाबशाली उदाउदो नेत्री हुन । उनीहरुलाई चैत १३ गते मंगलबारका राजधानीबाट पक्राउ गरेको भएपनि आजको दिन बितिसक्दा पनि सार्वजनिक नगरिएको र परिवारलाई पनि जानकारी नदिएको परिवारजनले बताएका छन् । काठमाडौंको कोटेश्वर र गौशलाबीचबाट दुवै जनालाई पक्राउ गरेको पीडित परिवारले बताएका छन् । देव नेत्रबिक्रम चन्द विप्लवका संखुवासभा इञ्चार्ज हुन् भने सुनिता जिल्ला समिति सदस्य भएको प्रहरीको दाबी छ ।

प्रहरीले उनीहरुमाथि अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोप लगाएको छ । उनीहरुलाई पक्राउ गर्ना साथ खाँदबारी ल्याएको थियो । परिवारजनले उनीहरुलाई सार्वजनिक गर्न माग गरिए पनि हालसम्म कुनै जानकारी नदिएको पीडित देवकी श्रीमति मीना दनुवारले बताइन् । उनका अनुसार पक्राउ परेका दुवैलाई संखुवासभा खादबारी ल्याइएको छ । तर, जिल्ला प्रहरी कार्यालय खाँदबारीले थाहा नभएको भन्दै आफुहरुलाई फर्काएको मीनाले बताइन् । उनले भनिन्,‘मेरो परिवारको बारेमा सत्यतथ्य जानकारी सार्वजनिक होस् भनेर अपिल गर्छु ।’

पक्राउ परेका सुनिताकी आमा सोमालक्ष्मी राईका अनुसार पनि प्रहरीले छोरीलाई जिल्ला प्रहरी कार्यालय खाँदबारी ल्याएको छ । उनको ज्यानको सुरक्षा गर्न आमा सोमालक्ष्मीले माग गरिन् । ‘मेरो छोरी हिरासतमा छ, तर प्रहरीले यहाँ छैन भन्छ,’उनले भनिन् । उनले थपिन, पत्रकार  र मानबाधिकारकर्मी लगायत सबै सम्बन्धित पक्षसँग जिबन रक्षाको लागी अफिल समेत गरिन ।’

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्