Logo

त्रिभुवन बिश्वबिद्यालयको स्नातक तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित


त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमा संचालन गर्ने ३४ बर्षे स्नातक तह तेस्रो बर्षको मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको छ । परीक्षा यही आउदो २०७६ साल जेठ ९ गते देखि हुनेछ । परीक्षाको समय दिउसो १२ बजे देखि हुनेछ ।

त्रिभुवन विश्वविद्यालय वा त्रिवि (अङ्ग्रेजी : Tribhuvhan University वा TU) नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा छ ।

यस विश्वविद्यालय ३०४२–५–२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन् । यसले पचासवटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा दिइरहेको छ त्यस्तै १०७९ शीर्षकमा स्नातक तथा १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गरिरहेको छ । यसका साथै यसले पीएचडी का लागि समेत विभिन्न शीर्षकमा प्राविधिक तथा संकायस्तरीय शिक्षा दिइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ९३१ वटा निजी क्याम्पसले सम्बन्धन लिएका छन् ।

सन् २०१३–१४ सम्म यसमा ६,०४,४३७ जना विद्यार्थीहररु विभिन्न शैक्षिक तहमा सामेल भएका छन् । त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिभुवन विश्वविद्यालयमा १५,१९६ कर्मचारी कार्यरत छन् । कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकिमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ । ३८ केन्द्रीय विभागहरू समेत गरि यस विश्वविद्यालयका ६० आंगिक क्याम्पस रहेका छन् ।

बिस्तृत समयतालिका तल दिइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्