Logo

मकाउ किराया अध्यक्षलाई स्वागत तथा विदाई


-मान्सुङ चाम्लिङ

तुवाचुङ जायजुम संरक्षण समितिले मकाउका किरात राई यायोक्खा अध्यक्ष भिमकुमार राई लाई समितिको कार्यालयमा स्वागत गर्दै किरातहरुको उद्गमथलो तुवाचुङलाई संक्षण, सम्वद्र्धन र ऐतिहासिक भौतिक निर्माणको लागी गरिरहेको क्रियाकलापहरुको बारे समितिको अध्यक्ष राकेश राईले अवगत गराउनु भयो ।

यसैगरी हालसम्म समितिले गरेको विभिन्न अन्तराष्ट्रिय निकायहरुद्धारा गरिरहेको आर्थिक सहकार्य तथा भावी करिकल्पना बारेमा समितिको महासचिव दिनेश राई अवगत गराउनु भयो ।

मकाउ अध्यक्ष राईले आफ्नो पुर्खा तोयामा खियामा र रैछाकुले तथा किरातीहरुको उद्गम स्थललाई संरक्षण गर्नको लागी आफु मकाउ फर्केसँगै मकाउका किरातीहरु लगायत सरोकारवाला सामाजिक संस्थाहरुसँग छलफल गरेर आगामी दिनहरुमा कसरी सहकार्य गरेर जान सकिन्छ भन्ने बारेमा छिटै वैठक राखेर थप सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

किरात राई यायोक्खाको दशौं राष्ट्रिय सम्मेलनको क्रममा नेपाल आउनु भएका मकाउ अध्यक्ष आजै मकाउ फर्किनुहुने हुनाले समितिले विदाई कार्यक्रम समेत राखेका थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्