रेग्ममीटार हलेसी सडक निर्माण तिब्र
-राजु बिक्रम चाम्लिङ
भौगोलिक रुपमा विकट मानिने खोटाङ जिल्ला साँस्कृतिक र ऐतिहासिक रुपमा धनी मानिन्छ । विश्वको एकमात्र त्रिधार्मिक स्थल (किरात, बौद्ध र हिन्दु) हलेसी यही जिल्लामा रहेको छ । किरातीहरुको उद्गम थलो तुवाचुङ् यही हलेसी तुवाचुङ नगरपालीका पर्दछ ।
नेपालको संविधान २०७२ कार्यान्वयनको प्रक्रियासँगै स्थानिय सरकारको निर्माण भएश्पचात स्थानिय स्तरमा विकासको लहर प्रक्रियात्मक रुपमा अगाडी बढी रहेको छ । यसै क्रममा खोटाङ जिल्लाको प्रतिनीधिसभा सांसद माननिय विशाल भट्टराईको संयोजन मार्फतप्रतिनीधिसभा संसदिय कोषबाट हलेसी तुवाचुङ नगरपालीका वडा नं.७ महादेवस्थान हलेसी, वडा नं.८ धितुङ र वडा नं.११ राजापानी जोड्दै उदयपुर जिल्लाबाट जोडिने सडक निर्माण कार्य तिब्र रुपमा अगाडी बढीरहेको छ ।
उक्त सडक निर्माणको लागी संसदिय कोषमार्फत रु.५,०००,०००।– मार्फत तिब्र रुपमा कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार बुढाठोकीले बताउनु भयो ।रेग्ममीटार, भादबेंसी, धितुङ हुँदै हलेसी सडकले नेपालको तराई जिल्ला तथा अन्य बंगलादेश, भारत र भुटानबाट हलेसी त्रिधाममा दर्शन गर्न आउने तिर्थयात्रीहरु तथा पर्यटकहरु आउन छोटो दुरी मानिन्छ ।
स्मरणरहोस खोटाङ जिल्लाका माथिल्लो भेगका समूदायहरुले उदयपुर जिल्लाको कटारी, गाईघाट र बेल्टारमा नुनु तेल लिन आउँदा र फर्कदा धाकर र टेकुवा बोकेर कम्तिमा ७ देखी १३ दिन सम्म बाटो बाटोमा साटु च्याख्ला बोकेर हिड्नु पथ्र्यो । तर हाल सडकको निर्माणसँगै ती दिनहरु अतित हुन थालेको छ । राज्यले सही रुपमा कार्य योजना तयार गरेमा र सही रुपमा नै कार्यान्वयन भएमा विकासको मुल फुट्न मात्र होइन विकासको अनुभव गर्न धेरै समय पर्खिनु पर्दैन ।