Logo

पत्रकारको नाममा एक ‘पाखण्डी’


-पुर्ण भुजेल (क.चिन्तन)
राष्ट्रका एक हिस्सेदार युवा वासियल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा) ले आफ्नोे फेसवुक स्टाटसमा राख्नु भयो, पत्रकार नामको एक ‘पाखण्डी’ यो स्टाटस लेख्न बाध्य बनाइएको हो । यसमा हामी आम नेपाली युवाहरु जो राष्ट्रको बारेमा चिन्तित छौं भने यो अवस्थामा चुपलागेर बस्नु न्यायचित हुन्न । सयौं वर्षदेखी पुरानै अवस्थामा रहेको नेपाललाई सकारात्मक विकासको बामे सार्न, नयाँ नेपालको संरचना तयार गर्न क.प्रचण्डको नेतृत्वमा आमुल परिबर्तन भयो । यो परिबर्तन गर्नु अहिले सोचे जस्तो त्यति सजिलो थिएन । परिबर्तन गर्न आफ्नो भूमिका निभाउँदा तत्कालिन सरकारले टाउकाको मोल टोकेको तितो यर्थाथ ताजै छ । गणतन्त्र, संघियता, धर्मनिरपेक्षताको लागी क.प्रचण्डले आफ्नै देशमा लडिरहँदा बैबचारी, दुराचारी पत्रकार भनाउँदा रबि लामिछाने अमेरिकामा तलुवा चाड्दै नेपाली चेलीको आँसुमा रमाउँदै विदेशी महिलासँग लट्ठारिंदै थिए । नेपाली चेलीको आँसुमा रम्न सिकेका लामिछाने विदेशी नारीको समेत अस्मिता लुटेर, अमेरिकी नागरिता लिएर पुन नेपालमा रवाफ देखाउँदै आफ्नो पाखण्डीपन देखाउन सुरु गरे । गैर नागरिक भएको लामिछाने अमेरिकी दलाल, साम्राज्यवादी मतियार भएर नेपालमा प्रयोग भइरहेका छन् । यस्ता पाखण्डीलाई नेपाल जस्तो स्वतन्त्र देश बोल्ने कुनै अधिकार छैन । बोलेको आफ्ना शब्दहरुमा रबिलाई माफी माग्ने त छुट छैन नै सामान्य कारकाही होइन, साइबर क्राइम मार्फत देशद्रोही कारबाही आवश्यक छ ।
समाज र राज्यको सकारात्मक गतिशिल परिबर्तनको लागी आवश्यक पर्दा आफ्नो ज्यानलाई बलिदान दिन तयार रहेर जनताको नेतृत्व लिन सफल क. प्रचण्डलाई रबि जस्ता पाखण्डीले कुन हैसियतले प्रश्न गर्दैछ ? यस बारेमा आम युवाहरुले पाखण्डीलाई आवश्यकता अनुसारको कारबाही गर्न किन तयार नहुने ?

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्