Logo

शिवगढी घटनाबारे नेकपाले मुख खोल्‍यो : हतियार प्रहरीकै हो !(विज्ञप्तिसहित)


बुटवल । नेपाल कम्युनिस्ट पार्टीले कपिलबस्तुको शिवगढी भएको प्रहरी अप्रेशनबारे विज्ञप्ति निकालेको छ । नेकपा लुम्बिनी ब्यूरोले बरामद गरिएको हतियार आफ्नो नभएको बताएको छ । प्रहरीले आफ्नो हतियार जबरजस्ती थमाएर फसाउने षड्यन्त्र गरेको बताएको छ ।

ब्यूरो इन्चार्ज वीरजंगले विहीबार विज्ञप्ति जारी गरेर दुर्गाबहादुर रोकाको घरमा भेटिएको भनिएको हतियार पार्टीको नभएर पार्टीको नभएको बताएका छन् । सुतिरहेको बेला रोकालाई गिरफु्तार गरेर बीच बाटोमा हतियार थाइदिएर प्रहरीले गोली हानेको वीरजंगले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“स्थानीय दुर्गाबहादुर रोकालाई विहान बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले गरिफ्तार गरी बीच बाटोमा जबरजस्त हतियार थामाईदिइ प्रहरीबाट नै उहाँको खुट्टामा गोली हानी घाइते बाएको छ,” विज्ञप्तिमा अगाडि भनिएको छ, “रोकाको घरमा भेटिएको भनिएको उक्त हतियार पार्टीको नभएको जानकारी गराउदछौं । र यो घटना प्रहरीले आफ्नो हतियार जबरजस्त धमाई षड्यन्त्रमूलक ढंगबाट फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट गर्न चाहन्छौं ।” उनले घाइते रोकाको स्वास्थ्य लाभको कामना गर्दै रिहाईको अपील गरेका छन् ।

इन्चार्ज विरजंगले सर्वसाधारणलाई षड्यन्त्रमूलक फसाउने प्रपञ्च भएको बताउँदै खारेज गर्न चेतावनी दिएका छन् ।
त्यसैगरी भगवानपुर निमाविका प्रअ यादव चन्दको घरमा प्रहरीले जबरजस्ती खानतलासी गर्न खोज्दा विद्यार्थी र स्थानीयले प्रतिरोध गरेको समेत विज्ञप्तिमा बताइएको छ ।

यस्तो छ विज्ञप्ति


यसैबीच नेकपाका कपिलबस्तु इन्चार्ज संगमले विहीबार विज्ञप्ति जारी गरेर शिवगढीका सर्वसाधारण दुर्गाबहादुर रोकालाई घरमै सुतिरहेको अवस्थामा गिरफ्तार गरी गोली हानी घाइते बनाएको बताएका छन् । संगमले जारी गरेको विज्ञप्तिमा रोका मजदूर भएको बताउँदै हतियार फेला परेको कुरा निराधार भएको उल्लेख छ । आफ्नो पार्टीको दुई महिने संगठन सुदृढ तथा विस्तार अभियान चलिरहेको बेला प्रहरीले अप्रेशन गरेको इन्चार्ज संगमले बताए ।

“हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको दुई महिने संगठन सुदृढ तथा विस्तार अभियान संचालन भइरहेको बेलायो दलाल गृह प्रशासनद्वारा जुन हर्कत गरी आज शिवराज नपारपालिका–९ शिवगढीबाट सर्वसाधारण ज्याला मजदूरी गरी आफ्नो जीवन निर्वाह गर्ने दुर्गाबहादुर रोकालाई घरमै सुतिरहेको अवस्थामा विहान करि ५ः३० बजेतिर गिरफ्तार गरी नक्कली मुठभेडको बहाना बनाई घाइते भइ लुम्बिनी अंचल अस्पतालमा रुपन्देहीमा उपचार भइरहेको भनिएको छ र हतियार फेला परेको भन्ने कुरा निराधार हल्ला भएको जानकारी गराउँन चाहन्छौं” विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा पार्टीका महासचिव विप्लवको घर र हिमाल बहादुर घर्तीको घर खानतलासी गर्दै स्थानीयले गरेको प्रतिरोधबाट प्रहरी पछी हट्न बाध्य भएको बताइएको छ । संगमले स्थानीयले गरेको प्रतिरोधलाई साहसी भन्दै स्थानीयलाई धन्यवाद समेत दिएका छन् ।
सरकारले दमन गर्ने उद्देश्यले बास्तविकतालाई बंग्याएर नक्कली मुठभेडको बहाना बनाएको आरोप इन्चार्ज संगमको छ । उनले दर्गाबहारलाई विना सर्त रिहा गर्न माग गर्दै उत्पन्न हुने परिणामको जिम्मेवार राज्यपक्षले हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्