यायाेक्खा अध्यक्षमा दिवस राई निश्चित : उपाध्यक्ष ८, महासचिव २ र सचिवमा १३ को भिडन्त

धरान- किरात राई यायोक्खाको अध्यक्षमा दिवस राई निश्चित भएका छन् । धरानमा जारी यायाेक्खाकाे १०औं राष्ट्रिय महाधिवेशनकाे चाैथाे दिन अाज भएकाे निर्वाचन प्रकृया र उम्मेदवारी मनाेनयनमा अध्यक्ष पदका लागि दिवस राईकाे मात्रै उम्मेदवारी परेकाे छ । यसअघि गेन राई र जीवन हाताचाे राईले पनि दाबी गरेका थिए ।
अन्य पदमा भने प्रतिस्पर्धा हुने देखिएकाे छ । पाँच जना उपाध्यक्षमा भने आठ जनाको उम्मेदवारी परेकाे छ । यादव बान्तावा राई, तिलकप्रसाद राई, टिकासरि राई, सर्वधन राई, राकेश राई, गेनबहादुर राई, जीवन हाताचो राई र पारसमणि राईले उपाध्यक्षमा दाबी गरेका छन् ।
जसमध्ये टिकासरि, गेनबहादुर, पारसमणि अघिल्लो कार्यकालमा समेत उपाध्यक्ष थिए । जीवन हाताचो निवर्तमान महासचिव हुन् । एक महासचिवमा जनक राई र धिरेन्द्र रुम्दाली राईको उम्मेदवारी परेकाे छ । दुवैजना पूर्व उपमहासचिव हुन् । दुई जना उपमहासचिव निर्वाचित हुनेमा पाँच जनाले मनोनयन दर्ता गरेका छन् ।
भीमराज राई, सुमन राई, अर्जुनकुमार राई, दोर्पध्वज राई र देवान राई छन् । भीम राई यसअघि पनि उपमहासचिव थिए । पाँच सचिवको लागि १३ जनाले मनोनयन दर्ता गरेका छन् । खड्ग राई, पर्शुराम राई, कृष्ण राई, शुभचन्द्र राई, श्रिशीसा राई, दिपेनवाला राई, सञ्जयसन्तोषी राई, मञ्जुसोताङ राई, हेमन्त राई, मातृका राई, केशर राई, जितकुमार राई रहेका छन् ।
कोषाध्यक्षमा युवराज राई र सहकोषाध्यक्ष महेन्द्र राईको मनोनयन दर्ता भएको छ ।
सदस्यहरुमा बिर्शिका राई, मिनाकुमारी राई, सन्दिप राई, अस्मिका राई, विमला नाछिरिङ, कमला राई, प्रेम राई(इलाम)तारा राई(भोजपुर) दिलिप वान्तावा राई (काठमाडौं)डम्बरबहादुर राई(सप्तरी) नवीन राई(मोरङ), नगेशचन्द्र राई(सुनसरी), अञ्जना राई(खोटाङ), रत्नदेवि राई(जुम्लेखा, भाषिक), किवाङहाङ राई (बिशिष्ट संरक्षक) रहेका छन् ।
त्यसैगरी कपिल राई (ललितपुर), इन्द्रमान राई (झापा), शुसिलकुमार राई (झापा) अनिता राई(पाँचथर), अन्जनी राई(सिराहा), विमल किराती (उदयपुर), राजु एन राई(कलाकार), लिलमराज राई(चाम्लिङ भाषिक), मनोजकुमार राई(ताप्लेजुङ) राकेश चाम्लिङ राई(भक्तपुर), सञ्जय राई(युवा), मनिकुमार राई(उदयपुर), भद्रगोल किराती(सोलुखुम्बु) रहेका छन् ।
३८ जना केन्द्रीय सदस्य खुल्ला निर्वाचित हुनेछन् भने भाषिक र भातृसंगठनबाट एक-एक जना गरेर ८१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने विधानमा व्यवस्था रहेको निर्वाचन समितिका संयोजक यसोदा राईले बताइन् ।
अबकाे कार्यकाल तीन बर्षको हुनेछ । यशोदा राईको संयोजकत्वमा चन्द्रविक्रम राई, दुर्गा राई, हरिकुमार साम्पाङ राई र जयकुमार राई रहेको निर्वाचन समिति रहेको छ । आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परे पनि सर्वसहमितको लागि प्रयास भइरहेको निर्वातमान अध्यक्ष तिलक राईले बताए ।