Logo

घरेलु मैदानमा रियल जिरोनासँग पराजित


एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड ला लिगाअन्तर्गत आइतबार भएको खेलमा जिरोनासँग २-१ ले पराजित भएको छ । पहिलो हाफमा १-० ले अगाडी रहेको रियल दोस्रो हाफमा २ गोल खाँदै पराजित भएको थियो ।

रियलले पहिलो हाफको २५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । टोनी क्रुसको पासमा क्यासेमिरोले गोल गर्दै रियललाई अगाडी बढाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा जिरोनाका लागि क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

७५ औं मिनेटमा रियल खेलमा पछाडी पर्यो । पोर्टुले गोल गरेपछि जिरोनाले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खाँदै मैदान बाहिरीए ।

रियलले अंक तालिकाको दोस्रो स्थानमा उत्रने मौका गुमाएको छ । रियलको २४ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानको एटलेटिकोले २४ खेलमा ४७ तथा शीर्षस्थानको बार्सिलोनाले २४ खेलमा ५४ अंक जोडेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्