Logo

काठमाडौंमा नक्कली नोटको बिगबिगी, क्षेत्री पक्राउ


काठमाडौं । काठमाडौंको गोंगबुबाट १ लाख ५१ हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई नक्कली नोटसहित रंगेहात पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार १ सय ५२ थान हजार दरको नोट बरामद भएको बताए । अनुसन्धान अधिकारीहरुका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा कुँवरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।
हाल कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।
प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिउको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ । ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।
यसअघि काठमाडौं प्रहरी परिसरले कात्तिक अन्तिम साता चलाएको अपरेशनका क्रममा साढे दुई करोड रुपैयाँ नक्कली नोट बरामद भएको थियो । घटनामा चर्चित फिल्म निर्माता माधव वाग्ले समेत मुछिएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्