समृद्धिमा आमा समूह

-मान्सुङ चाम्लिङ
नेपाल सरकारले देशलाई समृद्धको घोषणा गरिसकेको छ । तर विकासको गति भने ज्याँदै ढिला छ । यसो हुनुमा नेपाली जनताको मनोविज्ञान पनि गलत भएर नै भएको हो ।
राज्यले समृद्ध घोषणा गर्दै गर्दा सबै विकास राज्यले दिन्छ अनि विकास हुन्छ भनेर आस गरेर पर्खिनु ज्याँदै दुखदायि कुरा हो । तर हरेक जनताहरुले असक्त र असाहाय तथा वृद्धा र वालवालिका बाहेक सबैले केही न केही गर्न सक्छ, सकिन्छ । आफुले सकेको कार्य गर्नु र अगाडी बढ्नु नै समाजको विकास हो, तथा समृद्धिको आधार हो । यो बारेमा सोच्न जरुरी छ । यसको उदारहणको रुपमा भोजपुर जिल्लाको आमा समूहले उदाहरणिय कार्य गरेका छन् । गर्दै आएका छन् ।
सोही गतिशिल आमाहरुको समूहले आफ्नै भवन निर्माणको लागी शिलान्यास गरिएको छ । उक्त भवन शिलान्यास कार्यक्रममा भोजपुर जिल्लाको प्रतिनीधि सभासदस्य माननीय सुदन किरातीले मुन्धुमी संस्कार अनुसार शिलान्यास गर्नु भएको छ । जनताले अत्यधिक बहुमतका साथ जिताए पश्चात माननीय किराती सबै गाउँघर घरमा पुगेर जनतासँगको सुखदुख साटासाट गर्दै आएका छन् । जनताहरुको आवाजहरु सुन्दै आएका छन् ।
निश्चिय नै समूदायहरुले गरेको समृद्धि तथा आमा समूहले समृद्धीको लागी गर्दै आएको कार्य स्वागत योग्य छ । अन्य सबै नेपाली समूदायहरुले पनि राज्यको आसभर भन्दा पनि आफ्नै पहलमा आफुले सक्ने कार्य गरेमा निश्चय नै नेपाल समृद्धि हुनेछ । यस बारेमा सबैले हाम्रो मनोविज्ञान परिबर्तन गर्न आवश्यक छ ।