अष्ट्रेलियामा अत्यधिक गर्मी,सरकारद्वारा सचेत हुन र घरभित्रै रहन आग्रह
अष्ट्रेलियामा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ ।अत्यधिक तापक्रम बढेको कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ ।
मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो साढे तीन बजेको तापक्रम ४८.३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैबढी तापक्रम हो ।
विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम अझै बढ्ने क्रममा रहेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ ।न्यू साउथ वेल्समा पर्ने एल्बोरी र वोडोङगाको भिक्टोरिया बोर्डर शहरमा पनि तापक्रम ४५ डिग्री पुगिसकेको छ ।
सरकारले गर्मी बढेपछि नागरिकलाई पानी प्रशस्त मात्रामा पिउन ,अत्यावश्यक नभएको खण्डमा बाहिर ननिस्कन र सजक रहन समेत आग्रह गरेको छ ।