Logo

महिलासँग सामान्य विवाद गर्दा हात लगाएकाे आरोप


किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष सुवाचन्द्र लिम्बूले एक महिलासँग सामान्य विवाद गर्दा हात लगाएकाे आरोपमा  बुधबार बिहानै पक्राउ परेका छन् ।

चासाेक तङ्नामकाे अवसरमा धरानकाे चुम्लुङ्ग हिममा लगाइएकाे मेलामा स्टल राख्ने महिलासँग सामान्य विवाद परेकाे समयमा अध्यक्ष लिम्बुले ठेलाटेल गरेकाे आरोप महिलाले लगाइकी छिन् ।

चुम्लुङ्ग हिममा  खबर पाएपछि इलाका प्रहरी कार्यालय धरानकाे टाेली पुग्दा आदिबासी जनजाती महासंघ धरानका अध्यक्षसमेत रहेका लिम्बुले मादक पदार्थ सेवन गरेकाे र साेधखाेज गर्दा प्रहरीसँग  भनाभन भएकाे डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।  अहिले अध्यक्ष लिम्बु धरान इलाका प्रहरी नियन्त्रमा छन् । चासाेक तङ्नाम अायाेजक  नै किरात याक्थुङ चुम्लुङ धरान कमिटी रहेकाे छ ।

‘पीडिले विहान जाहेरी दिएकी छन् । जाहेरी दिए पछि आवश्यक अनुसन्धान गर्नु पर्ने हुन्छ । दुई पक्षविच पनि छलफल भईरहेको छ ।’–डिएसपी तिम्सिनाले भने । महिलामाथि भएको घट्ना गम्भीर प्रकृतिका हुने भएकाले पीडितको माग अनुसार कारवाही अगाडी बढ्ने डिएसपी तिम्सिनाले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्