नेपालगंज । बाँकेमा देउसी खेल्ने दुई समूहबीच झडप हुँदा ९ जना घाइते भएका छन् । जानकी गाउँपालिका–५ बनिया गाउँमा विहीबार राति १० बजेतिर दुई समूहबीच झडप भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार भैलो खेल्ने विषयलाई लिएर दुई समूहबीच विवाद सुरु भएको थियो । दुबै समूहका युवाहरुले रक्सी सेवन गरेका कारण विवादले झडपको रुप लिएको थियो ।
घाइते सबै नेपालगंज मेडिकल कलेजमा उपचार भएर घर फर्किसकेका छन् । प्रहरीले घटनामा संलग्न १० युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
