अपडेटः तुलाधारको शव अस्पतालबाट घर लगियो, शुभचिन्तकको भिड
काठमाडौं । मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको शव अस्तापलबाट निवास लगिएको छ । वामपन्थी आन्दोलनका अगुवा समेत रहेका तुलाधरको आइतबार दिउँसो अपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।
कत्तिक ९ गतेबाट स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको हो । चिकित्सकका अनुसार मस्तिष्कघातका भएको थियो । ९ गते साँझ नै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो भने मृगौलाले काम गर्न छोडेपछि नर्भिक लगिएको थियो ।
मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । उच्च रक्तचाप र मधुमेहले पनि फोक्सोमा पनि समस्या देखिएको थियो ।
नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।
आइतबार दिउँसो नै विभिन्न राजनीतिक पार्टीका नेताहरुसँगै शुभचिन्तक र समर्थकहरु अस्पताल पुगेका थिए ।
साँझ तुलाधरको शव लाजिमपाटस्थित निजि निवास लगिएको छ ।
अादिबासी तथा जनजातिको अधिकारको लागि संघर्ष गरिरहेका तुलाधरलाई श्रद्धाञ्जली दिन घरमा शुभचिन्तक पुगेका छन् ।