Logo

अफिसमा चुम्बनको भिडियो सार्वजनिक गर्ने धम्की दिदै करोडको अफर


काठमाडौं / ललितपुरको कुपण्डोलमा बस्दै आएका एक व्यवसायीको फेसबुक आएको एक युवतीको फ्रेन्ड रिक्वेस्ट एप्सेटले हलचल मच्चाएको छ । निशा अधिकारी नामको उक्त प्रोफाइलबाट आएको साथी बन्ने अनुरोध ती व्यवसायीले स्वीकार गरे । सामान्य हाई हेला चल्दै जाँदा उनीहरु नजिक भए । फोन नं.मा समेत गफ शुरु भयो । ती युवतीले अफिसमा आएर भेट्ने प्रस्ताव राखिन । भेटको क्रममा उनले इन्दु घर झापा भनेर परिचय दिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

गफसँगैसँगै उनीहरुले रोमान्स गरे । ती युवतीले अंगालोमा राखेर बाधिन । केही क्षणमा बाहिरिन । लगत ती व्यवसायीलाई नयाँ नं. बाट फोन आयो । एक करोड दिनेकी भिडियो सार्वजनिक गरि दियौ भनेर । ुइन्दूले मायाको नाटक गरेर चुम्बन गरेर भिडियो बनाएको ती व्यवासयीले पत्तै पाएनन । त्यसपछि एक करोड रुपैयाँको बार्गेनिङ गर्दै दिनहुँजसो फोन आउन थालेपछि उनी प्रहरी समक्ष पुगेका थिए । उजुरी पछि प्रहरीले चुम्बन गर्ने ती युवती र फोनबाट करोडको बार्गेनिङ गर्ने युवकलाई पक्राउ गरेको उक्त रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा निशा र इन्दु नाम बताउने पाँचथरको हिलिहाङ गाउँपालिका–४ की २५ वर्षीया इन्दिरा उप्रेती र गणेश लामा नाम बताउने गोरखाको पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने रहेको प्रहरीले जनाएको छ । लामिछानेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बेलुका गौशालाबाट र उप्रेतीलाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए । यसरी उनीहरुले अरुलाई पनि ठगी गरेको हुने सक्ने भन्दै प्रहरीले थप अनुसन्धान थालेको छ । नयाँ तरिकाबाट ठगी गर्ने यिे जोडीलाई कारबाहीका लागि बुधबार नै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ।

https://www.youtube.com/watch?v=uWa6djM_J4E

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्