Logo

दशैंपछि मन्त्रिमण्डलमा हेरफेर: ‘डेन्जर जोन’मा बादल-मातृका, अधिकारी-महासेठ


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैंपछि मन्त्रिमण्डल पुर्नगठन गर्ने भएको छ । त्यसको तयारीमा केही नेताहरु लागेका छन् । गृहमन्त्री रामबहादुर थापासहित केही मन्त्रीको कार्यसम्पादनमा प्रधानमन्त्री सन्तुष्ट नभएको केही समय पहिलेदेखि नै सार्वजनिक हुँदै आएको थियो । केही समय पहिले पनि प्रधानमन्त्री ओलीको नीजि सचिवालयले नै मन्त्रिपरिषद् हेरफेर हुने संचारमाध्यमहरुलाई बताएका थिए ।

(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पनि चितवन पुगेर मन्त्रिमण्डल हेरफेर हुन सक्ने संकेत गरेका थिए । गृहमन्त्री थापालाई रक्षामा र रक्षामन्त्री इश्वर पोखरेललाई गृहमा ल्याउने तयारी पूर्वएमाले नेताहरुले थालेका थिए ।

गृहमन्त्री थापाले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको र अरु अपराधका घटना पनि नरोकिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला मन्त्रिमण्डल हेरफेर हुन लागेको छ । त्यसैगरी पूर्वकेन्द्रबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी समालेका मातृकाप्रसाद यादव चिनी काण्डमा मुछिएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिँदा समेत चिनी सस्तोमा बिक्री हुन सकेको छैन । मन्त्री यादवले लेखा समितिको निर्देशनलाई अटेर गरेको प्रधानमन्त्रीको नीजि सचिवालय नै बताउँछ ।

सरकारले दशैँको अवसरमा सञ्चालन गरेको सुपथ मूल्यका पसलहरूमा समेत चिनी सहज र सस्तो मूल्यमा पाइन सकेको छैन । व्यापारीहरूले बजारमा धमाधम महँगोमा कालोबजारी गरेर चिनी बिक्री गरिरहेका छन् । बजारमा चिनी ७० रुपियाँको आसपासमा पाइन्छ । जबकि लेखा समितिले प्रतिकिलो ६३ रुपियाँमा चिनी बिक्री गर्न लिखित निर्देशन दिएको छ । सर्वसाधारणले दशैंमा समेत कालोबजारीको चिनी खरिद गर्न बाध्य छन् । भारतबाट आयत गरिएको टनका टन चिनी भन्सारमै थन्किएका छन् ।

यस्तै यातायात मन्त्री रघुवीर महासेठले पनि सेण्डिकेटको अन्त्य गर्न असहयोग गरेको आरोप छ । उनले खुलेरै सिण्डिकेटको पक्षमा बोल्दै आएका छन् । गृहमन्त्रीले सिण्डिकेट खारेज गरेपनि महासेठकै कारण यातायात समिति नविकरण भएका छन् । महासेठको चौतर्फी विरोध भइरहेको छ ।

यसैक्रममा मन्त्रिमण्डलमा हेरफेर भएमा मुख्यगरी थापा, यादव र महासेठ डेन्जर जोनमा रहने (नेकपा)कै नेताहरु बताउन थालेका छन् ।
गृहमन्त्रीसँग आफ्नै सहकर्मीहरु समेत रुष्ट भएका छन् । थापासँग धेरैले अपेक्षा गरेका थिए । सुरुमा कसैसँग परामर्श नै नगरी सुनकाण्ड, सिण्डिकेट, ठेकेदार र एनजिओको कुरा उठाएको भन्दै प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नै सन्तुष्ट नभएको बताइएको छ । पूर्व माओवाादी केन्द्रका एक नेता गृहमन्त्री थापा अरुकै सल्लाहमा चलेकोले समस्या परेको बताउँछन् । “गृहमन्त्री कमरेड आफै समस्या फसेका हुन् । सुरुमा कसैसँग परामर्श नै नगरी केही काम सुरु गर्नुभयो । त्यो पनि टुंगोमा पुर्याउन सक्नु भएन । अहिले निर्मला पन्तका हत्यारालाई समेत कारवाही गर्न सक्नु भएको छैन । दिनदिनै अपराधका घटना घटिरहेका छन्” उनले भने ।

अनलाइन डबलीसँग कुरा गर्दै ती नेताले जनयुद्धका घाइतेका विषयमा पनि गृहमन्त्री थापाले सम्बोधन गर्नेभन्दा पनि पन्छिने गर्न थालेको बताए । जनयुद्ध कालमा दुबै पक्षबाट घाइते भएकाहरुको विषयमा प्रधानमन्त्री ओली पनि सकारात्मक भएको तर गृहमन्त्री थापा सकारात्मक नभएको उनको दाबी छ । “उहाँ ढंग नपुगेरै समस्या पर्नु भएको हो” कुराकानीको क्रममा उनले भने । यही बेला मन्त्रिमण्डलमा हेरफेर हुँदा गृहमन्त्री थापाको बारेमा पनि पार्टीमा छलफल हुने बताउँछन् । उनले आफूहरुले सुझाव दिएको तर गृहमन्त्री थापाले त्यसलाई कहिलै सकारात्मक रुपमा नलिएको उनले कुराकानीको क्रममा बताए ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग पनि सन्तुष्ट नभएको स्रोतको दाबी छ । यादवको पार्टीको नेतृत्वमा २ नम्बर प्रदेशमा सरकार छ । त्यहाँ (नेकपा) ले समर्थन फिर्ता लिइसकेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीको संरचना बनाउने तयारी थालेपछि (नेकपा) रुष्ट भएको बताइएको छ । प्रदेश सभामा देखिएको किचलो केन्द्र सरकारसम्म पुगेको छ । तर, अहिले नै यादवलाई सरकारबाट हटाउन नसक्ने कतिपयको ठम्याई छ । फोरमकै बलमा सरकार दुई तिहाईमा पुगेकोले यादवलाई अहिलेनै नहटाएपनि केही अंकुश लाग्न सक्ने भएकोले यादव पनि डेन्जर जोनमै रहेको बताइएको छ ।

त्यसैगरी पर्यटन मन्त्री रविन्द्र अधिकारीको कामप्रति पनि प्रधानमन्त्री सन्तुष्ट छैनन् । जुन अपेक्षासहित अधिकारीलाई मन्त्री बनाइएको थियो, त्यो पूरा नभएको (नेकपा)कै नेताहरु बताउन थालेका छन् । मन्त्री श्रेष्ठले कमिसन आउने काम मात्रै गर्ने आरोप पार्टीकै नेता कार्यकर्ताहरु बताउँदै आएका छन् ।

मन्त्रिमण्डल हेरफेर हुने विषयमा (नेकपा)का सांसद महेश बस्नेतले पनि बताएका छन् । बुधबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै बस्नेतले दशैं पछि मन्त्रिमण्डल पुर्नगठन हुने दाबी गरे । उनले आफ्नो ७ महिनाको कार्यकालबारे प्रधानमन्त्री ओलीले समिक्षा गर्न लागेको समेत दाबी गरे ।

नेता बस्नेतले दशैं लगत्तै सरकारले केही लोकप्रिय कार्यक्रम ल्याउने दाबी समेत गरे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्