Logo

बालिका करणी प्रयासको आरोपित कारागार चलान


खोटाङ- ११ वर्षिया बालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलान भएका छन् । सुतिरहेको वालिकामाथि करणीको प्रयास गर्ने  खोटेहाङ गाउँपालिका–४ वडकादियालेका  ३५ बर्षिय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास गरेको जानकारी ईलाका प्रहरी कार्यालय खोटाङबजारमा गराएसँगै घटनाको भोलिपल्टै आरोपितलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपितलाई असोज १५ गते गरेको जिल्ला अदालतको आदेशले थुनामा पठाईएको जिल्ला अदालतको श्रेष्तेदार लालबहादुर कार्कीले बताए ।
घरको माथिल्लो तलामा सुताईरहेको वालिका एक्कासी रोएपछि हेर्न जाँदा आरोपितले करणी प्रयास गरिरहेको अवस्थामा फेला पारिएको वताईएको छ । पीडितका आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएसँगै कार्वाहीको लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्