Logo

शिक्षकले नै ९ वर्षीया दुई छात्रालाई बलात्कार


काठमाण्डौ / समाजमा अनैतिक काम गर्नु हुदैन, राम्रो ह्नु पर्छ भनेर नैतिक पाठ सिकाउने गुरुबाट नै अनैतिक काम हुनु किमार्थ राम्रो मान्न सकिदैन् । तर काभ्रेमा तिनै नैतिक शिक्षा दिने आचरणको पाठ पठाउने गुरुले नै बालिका बलात्कार गरेको खवर सार्वजनिक भएको छ । काभ्रेका सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो । पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अनुसन्धानका लागि जिल्ला अदालतबाट आज ७ दिनको म्याद थप गराइएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिए ।

जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको उल्लेख छ । शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने, उत्तेजना बढाउनेजस्ता यौन गतिविधी गर्दै आएको आरोप लागेको छ । कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थाले पछि घट्ना सार्वजनिक भएको हो । बालिकाहरुलाई शिक्षकले केहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाउने गरेको आरोप आफन्तको छ । प्रलोभन र डरधम्की दिएर नानीहरुमाथि यौनहिंसा गरेको पीडितका परिवारले जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्