Logo

नेपालको प्रथम किराती राजाको विश्वको ठुलो शालिक बन्ने


-राजु बिक्रम चाम्लिङ

नेपालको इतिहासमा गोपाल र महिशपाल वंशले अस्थायी राज्य संचालन गरेता पनि स्थायी रुपमा किराती राजा यलम्बरले संचालन गरेका थिए । ३२औं पुस्ता सम्म शासन गरेका किराती राजाहरुले १७०० वर्षसम्म राज्य संचालन गरेका थिए । तत्कालिन समयमा घुमन्ते जातिको रुपमा भारतबाट आएका अन्य जातिहरुले नेपाल पसेसँगै स्थायी रुपमा राज्य ंसंचालन गरेका सोझा किरातीहरुलाई शासन हत्याउँदै मल्लकालको शुरुवात भएको पाइन्छ ।

नेपालको इतिहासमा स्थायी राज्य संचालनको लागी उदाहरणीय कार्य गरेका किराती राजाहरु र किराती इतिहास नेपालको लागी सुनालौं इतिहास हो । तर राज्यले यसलाई संरक्षण नगर्दा, वा उचित सम्मान नगर्दा किरातीहरुको इतिहास, कार्य सम्पादन त्यसै त्यसै विलय हुँदै गइरहेको अवस्था छ । प्रथम किराती राजा यलम्बरले सही शासन गरेको कारण नै नेपालमा स्थायी रुपमा राज्य संचालन गर्न संभव भएको थियो । तर अहिले २१औं शताब्दीको विकसित विश्व समाजसँगै नेपाल पनी विकसित हुने क्रममा स्थापित किराती राजा र राजाका सन्ततीहरु अधिकारबाट आफ्नो उद्गम भूमी र राज्यबाट बन्चित तथा इतिहासबाट लोप हुने खतरा रहँदै आएको छ । यसो हुनुमा सर्वप्रथम किरातीहरु सचेत नहुन र राज्य संचालन राज्यसत्तामा रहेका निर्णायककर्ताहरुले वेवास्ता गर्नु नै रहेको छ ।

यसकारण किरातीहरुको उद्गमथलो खोटाङ जिल्लाको तुवाचुङ जायाजुङ रहेको तर त्यस वरपर रहेका किरातीहरुको स्थानमा समेत किरातीहरुको ऐतिहासिक पहिचान नामेट हुँदै गइरहेको अवस्था रहेको हुनाले किरातीहरुको प्रथम राजा यलम्बरको सम्मान र किराती समूदायहरुको पहिचानलाई स्थापित गर्न रुपाकोट मझुवागढी दिक्तेल नगरपालीका वडा नं.१४ मा विश्व कै सबैभन्दा अग्लो यलम्बरको शालिक र पार्क निर्माण कार्यको लागी प्राबिधिक टोलीले सर्वे सम्पन्न गरिसकेको रुपाकोट मझुवागढी दिक्तेल नगरपालीका वडा नं.१४ वडा अध्यक्ष दिनेश राईले बताउनु भयो । उक्त सर्वेसँगै डिपिआर चाँडै गरेर आवश्यक कार्यको थालनी गरिने अध्यक्षले बताउनु भयो ।

स्मरण रहोस यलम्बरको रगतको रुपमा विकसितहुँदै किरातीहरुले धेरै प्रगति समेत गरिसकेको इतिहास छ । तर आफ्नो पुर्खाको सम्मानको खातीर सन्तोष जनक काम गरेको पाइन्न । यही अवसरमा किराती पुर्खाको सम्मानको खातिर मात्र होइन किरातीहरुको पहिचानलाई स्थापित गर्नको लागी सही कामको शुरुवात भएको छ । यसको पहल दमी शुरुगर्नु भएकोमा अध्यक्ष दिनेश राई धन्यवादको पात्र हुनुहुन्छ । तर पुरै धन्यवाद पाउन र इतिहासमा स्थापित हुन सहीकामको शुरुवातसँगै अन्तिम सम्म अग्रज रुपमा सम्पन्न गर्न अग्रसर हुन अवाश्यक छ । साथमा साथमा सहकार्य र सहयोग गर्न हामी सबै तयार हुनु जरुरी छ । यसलाई सफल बनाउन आम किरातीहरु र सबै नेपालीहरुको सहकार्य आवश्यक छ । किनकी यलम्बरको इतिहास विना नेपालको इतिहास संभव छैन । यलम्बरको इतिहास, नेपाल राज्यको ऐतिहासिक सम्पत्ति साझा सम्पत्ति हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्