Logo

मन्त्रि चौकमा ब्रा पेन्टी चोर !


भद्रपुर / झापाका एक युवकले महिला तथा युवतीहरुको भित्री वस्त्र(ब्रा र पेन्टी) चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । धनमाल चोर्न छाडेर त्यस्ता सामान चोरी गर्दै गरेको अवस्थामा फेला पारिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर नगरपालिका–४ स्थित मन्त्रिचोकका २५ बर्षीय दिपक राजवंशीलाई सामानसहित फेला पारिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विहीबार राती भद्रपुर– ६ स्थित भानुनगरमा अधिकाशं घर भित्र प्रवेश गरेर ती युवकले अन्य सरसामान चोर्नु छाडेर भित्री वस्त्र चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जबेगूले बताए । प्रहरीले सामानसँगै राजवंशीलाई पक्राउ गरेको थियो । विहीबार ४ वटा घरमा साँझ प्रवेश गरि कोही नभएको मौका पारि ती वस्त्र लगेका थिए । सुकाएको स्थान तथा राखिएको स्थानबाट उनले ती भित्र बस्त्र लाने गरेका थिए ।
विवाहित राजवंशी विगतदेखि नै त्यस्तो सामान चोर्ने र सुघँने गरेको प्रहरी समक्ष बयान दिएको उनले जनाए । यस्तो प्रकारको चोर पहिलो पटक भद्रपुरमा फेला परे पछि प्रहरीलाई के कारवाही गर्ने भन्नेमा अप्ठ्यारो परेको छ ।
प्रहरीले उनलाई आइन्दा यस्तो सामान नचोर्न सम्झाई बुझाई छाडिदिएको छ । लागूऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुन सक्ने प्रहरीको भनाइ छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्