Logo

संसद भवन वनाउन १० अर्ब लाग्ने


काठमाडौं  । सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलय पछाडिको पुतली बगैचामा संघीय संसद भवन बनाउने भएको छ । १० अर्ब खर्चेर बनाउन लागि भवनको डिजाइन र सार्वजनिक खरिद ऐनअनुसार ठेक्का दिने प्रकृया समेत सुरु भइसकेको छ ।

भवनको खर्च आन्तरिक स्रोतबाटै जुटाउने सरकारको तयारी छ । भने भवनको डिजाइनको जिम्मा इनगर कन्सल्ट्यान्टलाइ दिइकिएको छ । डिजाइन तयार भएपछि सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा गराएर निर्माण थालिने छ । भवन निर्माणका लागि चिनियाँ कम्पनीहरुले पनि रुची देखाएका छन् ।

अब बन्ने संसद भवनमा राष्ट्रिय सभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसदसहित ३३५ जनाको संसद्को बैठक एकैपटक बस्न मिल्नेछ । भवन गोलाकार बनाइने छ । सांसदले बोलेको सवैले देख्न सकिने छ । अन्तराष्ट्रिय रुपमै संसद भवन माथिल्लो, तल्लो र संयुक्त गरी तीन वटा हुन्छन् । नेपाल सरकारले भने माथिल्लो र तल्लो संसद भवन बनाउने तयारी गरेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्