आजको छापा खबर
- बलात्कार मुद्दाः चिकित्सकको बेग्लाबेग्लै रिपोर्टले राय बाझियो
१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ।
बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन्। पीडितको शारीरिक अवस्थासँगै उचाइमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको हो।
धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ। गत भदौ ८ राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीका अनुसार स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखी पठाइएको छ।
जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा। विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ।
तर, जिल्ला अस्पतालका डा। राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ।, यो खबर आजको अन्नपुर्ण पोष्टम छ ।
- विदेश भ्रमण रफ्तारमा, काम कछुवा गतिमा
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले प्रतिबद्धता गरेका विषयमा सिन्को समेत भा“च्न नसकेपनि विदेश भ्रमणलाई भने तीब्रता दिइरहनुभएको छ ।
२०७४ जेठ ११ गते महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गर्नुभएका महर्जनले अहिलेसम्म १० औं पटक विदेश भ्रमण गरिसक्नुभएको छ ।
उहा“ देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुखमा अग्रस्थानमा रहनु भएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी करिब डेढ वर्षको दौरानमा न्यूनतम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनता मात्र नभई कर्मचारी, वडा कार्यपालिका सदस्य र वडाअध्यक्ष र सल्लाहकार समेतले असन्तुष्टि जनाउदै आएको बेला प्रमुख महर्जन गत आईतबार मंगोलियामा प्रथान गर्नुभएको हो ।
मंगोलियामा मंगलबार शुरु ११ औं क्षेत्रीय वातावरणीय दीगो यातायात एसिया मञ्चको सम्मेलनमा भाग लिन त्यसतर्फ जानुभएको महानगरपालिकाले जनाएको छ । उहां आउदो आईतबार उहा“ स्वेदश फर्किनुहुने भएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
- आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी
नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ ।
नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो ।
ब्युरोले मकवानपुरको मनहरी ७ रमनटारमा गुडिरहेको ट्यांकर नियन्त्रणमा लिएको छ ।
तस्करीमा संलग्न रहेको अभियोगमा ट्याँकर चालक बाराको जितपुर सिमनाका ३८ बर्षीय प्रह्लाद ठकुरी पक्राउ परेका छन् ।
ब्युरोका एसएसपी विश्वराज पोखरेलले इन्धन बोक्ने ट्यांकरमा लागुऔषध तस्करी हुनु देशकै लज्जाको विषय भएको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
- ‘नेपाली सेना व्यापारी कि सुरक्षा संयन्त्र ?’
संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ।
राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अधिकारीसमक्ष सांसदहरूले प्रश्न उठाएका हुन्।
पोखरेलले सेनाका कामको बचाउ गरेको स्रोतले जनाएको छ।
‘सेनाले फास्ट टङयाक र अन्य सडक निर्माणको जिम्मा लिए पनि अरुलाई ठेक्का दिने गरेको, अस्पताल भवन भाडामा दिएको, पेट्रोल पम्पलगायत सञ्चालन गरेको पवषय सांसदले उठाए’, स्रोतले भन्यो, ‘सेना व्यापारी कि सुरक्षा संयन्त्र भन्ने प्रश्नसमेत उठ्यो।
सांसदहरूले सेनाको कल्याणकारी कोषको पारदर्शितामाथिसमेत प्रश्न गरेका छन्।
छलफलमा सहभागी शशि श्रेष्ठले पत्रकारलाई प्रवेशमा रोक लगाएकी थिइन्। सेनाको आर्थिक कारोबारसम्बन्धी जानकारी बाहिर आउने भएकाले पत्रकारलाई रोक लगाइएको हुनसक्ने सचिवालयका एक उच्च अधिकारीले बताए।, यो खबर आजकोकान्तिपुरदैनिकमा छ ।
- दर्जन विभाग र महाशाखा सरकारी कार्यालयमा
भाडाको घरमा सबै विभाग र महाशाखा व्यवस्थापन गर्न समस्या भएपछि काठमाडौं महानगरपालिकाले झन्डै एक दर्जन विभाग र महाशाखालाई विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरेको छ ।
२०७२ सालको शक्तिशाली भूकम्पले महानगरपालिकाको मुख्यालय वागदरबार क्षतिग्रस्त भएपछि कार्यालय व्यवस्थापनमा अस्तव्यस्त देखिएको कामपाले ३ वर्षपछि विभिन्न कार्यालय खाली रहेका सरकारी कार्यालयमा सारेको हो ।
कामपामा रहेका १३ विभागमध्ये अधिकांश मुख्यालय बाहिर स्थानान्तरण गरिएको छ ।
देशको एक मात्रै पुरानो र पहिलो महानगरपालिका स्वयं भाडाको घरमा बस्दै आएको छ । सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन केही विभाग र महाशाखा खाली रहेका विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।
‘भत्काउने तयारीमा रहेको बागदरबार पुनर्निर्माण गरिसकेपछि पुनः पुरानै स्थानमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।