संस्थानले पाइपमा २५ करोडको घोटाला गर्यो
नेपाल खानेपानी संस्थानले पाइपमा २५ करोड घोटाला गरेको भेटिएको छ । डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा संस्थानको बुटवल र नेपालगञ्ज शाखाले घोटाला गरेकोे हो । एउटै कामलाई धेरै ठेक्का दिई रकम घोटाला गरिएको मन्त्रालयको छानबिन प्रतिबेदनले तथ्य फेला पारेको छ ।
मन्त्रालयले ठेक्का दिने प्रकृयादेखि ठेक्का लिएर काम गर्दासम्म बदनियतपूर्ण काम गरेको प्रतिवेदन निकालेको छ । खानेपानी मन्त्रालयका कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिले यो कार्य सार्वजनिक ऐन विपरित रहेको जनाएको छ ।
मन्त्रालयको प्रतिवेदनमा ठेक्का लिने कम्पनीसँग पहिल्यै मिलेमतो गरी किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने गरी शर्त बनाइएको उल्लेख गरिएको छ।
मिलेमतो गरी ठेक्का दिएर दुवै कम्पनीलाई २०–२५ करोडको पाइप तथा फिटिङको सामान खरिदको टेण्डर दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।