Logo

एसइई परिक्षार्थी विद्यालयबाट निष्कासित


म्याग्दी  । यहाँको रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर मावि कक्षा १० का २२ विद्यार्थीलाई विद्यालय प्रशासनले निष्काशन गरेको छ । नियमित पठनपाठन र दरबन्दी अनुसार शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत विद्यार्थीहरुलाई निष्काशन गरिएको हो । एसइई परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि प्रशासनले उनिहरुलाई एक महिनाका लागि निलम्बन गरेको जनाइएको छ ।

विज्ञान र कम्प्युटर विषयका शिक्षकको ब्यवस्था समेत माग गर्दै विद्यार्थीहरु गत २५ गतेदेखि आन्दोलनमा उत्रिएका हुन्। छलफलबाट समाधान नखोजी आधा शैक्षिक वर्ष सकिएको बेला विद्यार्थीहरुलाई निष्काशन गरिएपछि अभिभावकहरु विद्यालय प्रशासनसँग रुष्ट भएको छ ।

विद्यालयमाथि एकलौटी निर्णय गरी विद्यार्थीको पढ्न पाउने अधिकारबाट बञ्चित गराएको आरोप लागेको छ । भने विद्यालयका प्र.अ पृथबहादुर थापाले भने विद्यार्थीले अराजक र अभद्र शैलीमा आन्दोलन गरेका र समझदारीमा नआएकाले बाध्य भएर निष्काशन गर्नुपरेको बताएका छन् ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्