Logo

उपसचिवसहित ४ कर्मचारी पक्राउ


कठमाण्डौ । काठमाण्डौ चाबहिल मालपोत कार्यलयका प्रमुख उपसचिव कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारी पक्राउ परेका परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले उनिहरुलाई जग्गा किर्ते गरी अर्कै व्यक्तिका नाममा दर्ता पास गरेको अभियोगमा हिजो कार्यलयबाटै पक्राउ गरेको हो ।

उनिहरुले बुढानीलकण्ठ–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्कैलाई पास गरेका हुन् । यसरी किर्तेमा पक्राउ पर्नेहरुमा तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यलय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल रहेका छन् ।

प्रहरीले यसअघिपनि यहि प्रकरणम मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरिसकेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्