Logo

प्रश्नपत्र आउट गर्ने दुई पक्राउ


त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने दुईजना पक्राउ परेका छन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)का अनेरास्ववियुका नेता भनिने कमलराज जोशी र प्रवीण अधिकारी पक्राउ परेका हुन् ।

उनिहरुलाई अनाधिकृत रुपमा प्रश्नपत्र आउट गरेको अभियोगमा डिआइजी नरायणसिंह खड्का नेतृत्वको सिआइबीले महेन्द्र क्याम्पस, ताहाचलबाट पक्राउ गरेको हो । यी दुई आरोपीहरु प्रश्नपत्र राखिएको ठाउँमा जबर्जस्ती प्रबेस गरेका थिए । र प्रश्नपत्रको सिल तोडेर मोबाइलले प्रश्नको फोटोपनि खिचे ।

अन्तत : लाखौ रुपैयाँ असुलेर विद्यार्थीलाई प्रश्नपत्र आउट गरे । यिनीहरुको अनुसन्धान भइरहेको सिआइवीले जनाएको छ । बयान भने भोलीबाट लिइने खबर छ । प्रहरीले यस घट्नामा संलग्न अन्यको पनि खोजी गरिरहेको जनाएको छ ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्