क्रिस्टियानो रोनाल्डोलाई महिला बलात्कार गरेको आरोप
एजेन्सी – पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई एक ३४ वर्षीया महिलाले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोग गरेर करणी गरेको आरोप लगाएकी छिन् । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लस भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।
उनिले यस घटना सामसुम पार्न रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राको दाबी छ । उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’ सो पत्रिकाका अनुसार रोनाल्डोलाई ती महिलाले पटक पटक हुँदैन रोक भन्दाभन्दै पनि उनले जबरदस्ती गरेको उल्लेख गरेको छ । उनले डेर स्पिगेलको उक्त रिपोर्ट अवैध रहेको र उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने विज्ञप्ती मार्फत जनाएका छन् । रोनाल्डोले भने सो सम्बन्ध सहमतिमा गरेको बताउँदै आएका छन् ।
पहिला बिश्व चाम्पियन बक्सिङ खेलाडी टाइसनलाई पनि यस्तो झुट बलात्कारको झुट आरोप लगेको थियो ।