Logo

चर्चित गायिका मेनुका राईको “ परदेशी जिवन” (भिडियो सहित)


सुमन बाङदेल

काठमाण्डौ- राष्ट्रीय चर्चित गायिका मेनुका राईको आवाजमा रहेको गीत “ परदेशी जिवन” बोलको म्युजिक भिडियो विन्ध्यावासिनी म्युजिक प्रालीको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ । उक्त गित समाजकालिन समाजको यथार्थ लाई गित मार्फत चित्रण गरेका छन्, आज देशमा कुल बजेटको ३६ प्रतिशत जिडिपी हिस्सा ओगेटेको देखिए पनि यो भित्र मर्म, हृदय स्प्र्शी पिडा र परिवारसँग सम्बन्ध गितले देखाएको छ ।

चोखो मायाले आफ्नो प्रेमलाई डाकेको छ, नेपाली युवा युवतीले परदेशी भुमीमा भोग्नुपरेको पिडालाई गीतमा ब्यक्त गरिएको छ । गीतमा मिरा देवी राईको शब्द तथा संगीत रहेको छ । जो यथार्तमा आफैमा यो पिडा भोगेकी छिन, उनिले नै गित मार्फत दुनियलाई बताए । नेपाली समाजको एउटा उदारणको प्रतीनिध पात्र हुन, उनि । देशमा झण्डै ४ लाख युवाहरु प्रती बर्ष काम गर्न सक्ने हुन्छन तर रोजगार निजी र सरकारी गरी ३० हजार मात्र प्राप्त हुन्छ, बाकी युवाको यही भोगाइसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिएको हुन्छ । जुन कुरा गितबाट अभिब्यक्ती दिएकि छिन ।

परदेशी जिवन भिडियोलाई जिबन्त पार्नको लागी कोर टिमको रुपमा अजय रेग्मीको छाँयाकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ । निकै आर्कषक रुपमा तयार पारिएको भिडियोमा मोडेल हिरा राई , चर्चित कलाकार उमेश राई र काजिश श्रेष्ठको निकै लोभलाग्दो अभिनय रहेको छ । भिडियोमा प्रदेशमा बसेको एक श्रीमान प्रती गरेको ब्यबहार र मायालाई शसक्त ढ्ङगबाट प्रस्तुती देखाएको छ ।

भिडियो हेनुस ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्