Logo

सरकारको क्रियाकलापले लाजमर्नु बनायो -माधवकुमार नेपाल


काठमाडौं– सत्तारुढ दलकै शीर्ष नेताले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपालले सरकारका काम कारवाहीप्रति असन्तुष्टी जनाएका हुन् ।
नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकार लाग्दा चोक चोकमा सरकारको व्यापक आलोचना भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘हत्या हिंसाका घटना भइरहेका छन् । सरकार र मातहतका निकाय निरिहजस्तै छन्’ नेता नेपालले भने, ‘मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खुलेआम चुनौति दिने काम भईरहदा पनि गृह प्रशासन मौन छ । यस्ता विषयमा सरकारले सुन्ने बानीको विकास गर्न जरुरी छ । सरकारका क्रियाकलापले सत्तारुढ दलकै नेता कार्यकर्ताहरुलाई लज्जास्पद बनाइरहेको छ ।
सर्वत्र सरकारका कामकारवाहीको विरोध, आलोचना र खिसिट्युरी भइरहेको छ। ’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्