Logo

ककनीमा ‘विश्व पर्यटन दिवस २०१८’ भव्यताको साथ् सम्पन्न, मन्त्री सहित तिन घण्टा पैदल यात्रा


विचारी चाम्लिङ

नुवाकोट – “नेपालको आवश्यकतामा जिम्मेवार, नैतिक र दिर्घकालिन पर्यटनको लागि पर्यटक श्रमिकहरुको सम्मान गर्नु हो” भन्ने मूल नाराका साथ टानले आयोजना गरेको पर्यटन दिवस पर्यटन मन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा पर्यटकीयस्थल ककनीमा सम्पन्न भएको छ ।

ककनीस्थित मेमोरियल पार्कबाट पदयात्रा सुरु भई सुर्य चौर हुदै गुर्जे भञ्ज्याङमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पर्यटनमन्त्री अधिकारी, संघीय सांसद हितकहादुर तामाङ, माननीय राज्यमन्त्री धनबहादुर बुढा, प्रदेश नं. ३ की उपसभामुख राधिका तामाङ, प्रदेश सभासदहरु, टानका पदाधिकारीहरु, जिल्ला प्रमुख अधिकारी, प्रहरी प्रमुख, स्थानीय सरकारका प्रमुखहरु लगायतका स्थानीयहरुको बाक्लै उपस्थिति रहेको थियो ।

विश्व पर्यटन दिवस २०१८ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ककनी जस्तो एउटा पर्यटकीय क्षेत्र नगरकोट भन्दा धेरै अगाडि देखि नै आन्तरिक वा बाह्य पर्यटकहरुले विगत लामो समयदेखि परिचित भएको पुष्टि गरे । ककनीलाई पर्यटकिय क्षेत्रको विकास गराउन प्रदेश सरकारले त बजेट नै छुट्याई सकेको छ भने केन्द्रीय सरकारले पनि गर्नुपर्ने पहल कदमी युद्ध स्तरले पहल गर्नेछु भन्ने प्रतिबद्धता समेत व्यक्त गरे । तर तपाई स्थानीयहरु पनि युद्ध स्तरले अगाडि बढ्नुस साथ सहयोग सबैबाट पाउनु हुनेछ । आज बाठमाडौंको कुनै तारे होटल र पर्यटन बोर्डको हलमा विश्व पर्यटन दिवस मनाउनु भन्दा ककनी जस्तो पवित्र र रमणीय स्थलमा कार्यक्रम गर्न पाउदा पर्यटन दिवसले सार्थकता पाएको बताउँदै आयोजकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

कार्यक्रममा अर्का वक्ता टानका अध्यक्षले नगरकोटभन्दा ककनी धेरै पछाडि परेको बताउँदै राजधानीबाट यति छोटो दुरीमा रहेको भएतापनि बत्ती मुनिको अध्याँरो भएको संज्ञा दिँदै ककनीलाई राज्यले पनि कुनै चासो नदिएको कारण यस्तो हुन गएको बताए । ककनी गाउँपालिका प्रमुख मान बहादुर लामाले शसस्त्र प्रहरी वलका कारण बम र बारुद पड्काउने काराणले साना नानीहरुलाई प्रत्यक्ष रुपमा असर पर्नुका साथै हाम्रा पर्यटकलाई आगमनमा असहजता भएको बताए भने स्थानीय क्रियाशिल होटल व्यवसायीहरुद्वारा पर्यटन मन्त्रीलाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

उक्त ज्ञापनपत्रमा २०४२ सालमा दिपेन्द्र प्रहरी आवसीय बोर्डिङ स्कुल रहेको स्थानमा हाल एपीएफ, युएन, पीटीएस जस्ता केन्द्र स्थापना गरी पर्यटन क्षेत्रलाई नै अघात पुगेको, पर्यटन क्षेत्रको विकास हुन नसकेको र उक्त स्थानमा हाल भएको शसस्त्र प्रहरी वल हटाई दिपेन्द्र प्रहरी आवसीय बोर्डिङ स्कुल नै वहाली गर्नुपर्ने उक्त ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी स्थानीय राजनीतिज्ञ तथा समाजसेवी शिव कुमार लामासँग यस सम्बन्धी जिज्ञासा राख्दा ककनीमा पर्यटन पोकेट क्षेत्र नै घोषणा गरी एउटा हिल स्टेसन बनाउन कति नै आवश्यक रहेको बताए भने पर्यटन मण्डलकी उपाध्यक्ष शोभा लामाले ककनीलाई कुनैपनि हालतमा पर्यटकीयस्थल घोषणा गर्नुपर्ने र आफैपनि यस सम्बन्धी ककनीलाई पर्यटकीय नगरीको रुपमा खडा गर्न पहल कदमी गरिरहेको बताए ।पर्यटकीय क्षेत्र घोषणा गरिएको खण्डमा पर्यटकहरुको ओइरो लाग्ने बताईन भने त्यस क्षेत्रबाट संकलित राजश्वले अरु तीन प्रदेशलाई समेत ठुलो आर्थिक टेवा पुग्ने बताईन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्