Logo

विश्व पर्यटन दिवशको अवसरमा पहिलो ‘ठमेल कार्निभल’ हुँदै


काठमाडौं, ८ असाज । ठमेल पर्यटन विकास परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मान्त्रालयसँगको सहकार्यमा ३९औं विश्व पर्यटन दिवशको अवसरमा ठमेल सडक महोत्सव (ठमेल कार्निभल) आयोजना गर्ने भएको छ । हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा ठमेलबाट प्रभातफेरी गरेर नेपाल पर्यटन बोर्डमा कार्यक्रम गर्ने गरिएकोमा यस वर्ष पहिलो पटक ठमेल सडक महोत्सव आयोजना गर्न लागिएको हो ।

सो अवसरमा ठमेल आउने पर्यटकका लागि होटल, रेष्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था गरिएको गत सोमबार होटल मस्र्यांदीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पर्यटनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा काठमाडौं महानगरपालिकाका मयर विद्या सुन्दर शाक्यको विशेष आतिथ्यतामा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा १० भन्दा बढि जातजातिका सांस्कृतिक झाँकीको साथै फुड फेस्टिबल तथा डिजेमार्फत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै परिषदका अध्यक्ष समिर गुरुङले सधैं औपचारिकतामै सिमित हुने गरेको विश्व पर्यटन दिवसको संस्कारलाई तोडेर पहिलो पटक ठमेल सडक महोत्सव आयोजना गरिएको भन्दै नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्नका लागि यो कार्यक्रमबाट टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो महोत्सव सफल पार्नका लागि ठमेलका व्यवसायी, घरधनी, बुद्धिजिवी, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था, स्थानीय तह सरकार तथा सरोकारवालाहरुलाई सहयोगको अपिलसमेत गर्नुभयो । २७ सेप्टेम्बर २०१८ को दिन ४ बजे सुरु गरेर रातको ९ बजेसम्म विभिन्न चरणमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको परिषदका महासचिव भविश्वर शर्माले जानकारी दिनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्