Logo

गोरखा फुजेलका नूरप्रसाद अधिकारीविरुद्ध ज्यान मार्ने उद्योगसहित चार मुद्दा


ललितपुर : शनिवार पाटन उच्च अदालतको इजलासमा वितण्डा मच्चाएपछि गोरखाको फुजेलका नूरप्रसाद अधिकारीलाई ज्यान मार्ने उद्योग, सरकारी सम्पति हिनामिना, आपराधिक उपद्रव र अदालतको अवहेलनासहितको चारवटा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका, प्रहरी नायव उपरीक्षक, नरेन्द्र चन्दका अनुसार नूरप्रसादले इजलासमा रहेका न्यायधीसलाई लक्षित गरी मेच उचालेर हानेका थिए ।

न्यायाधीश जोगिन सफल भए पनि इजलासमा रहेका अधिकृत सामान्य घाइते भएका थिए । उनले भने, ‘मेचले लागेको भए कर्मचारीको ज्यानै जानसक्थ्यो ।’ जग्गासम्बन्धी फैसला आफ्नो पक्षमा नभएको भन्दै उनले ज्यान मार्ने अभिप्रायले आक्रमण गरेको चन्दको भनाइ छ । बिनु घतानी सुनारको घरजग्गाको किचलोसम्बन्धी मुद्दामा उनी वारेस भएर अदालत आएका थिए । काठमाडौँ जिल्ला अदालतले उक्त मुद्दामा प्रमाण नपुगेको भन्दै मुद्दा खारेजको फैसला सुनाएको थियो । त्यसैविरुद्ध बिनु उच्च अदालत गएकी थिइन् ।

न्यायाधीशद्वय रमेश पोखरेल र शेखर पौडेलको इजलासले जिल्लाकै फैसलालाई सदर गरेको थियो । उक्त फैसलापछि उनले इजलासमा आक्रमण गरेका थिए । त्यस क्रममा उनले कप्युटर, मेच टेबल र दराज तोडफोडसमेत गरेको चन्दले बताए । उनलाई ललितपुर जिल्ला अदालतबाट सातदिनको म्याद थपेर हिरासमा राखी अनुसन्धान भइरहेको छ । अन्नपूर्ण पोस्टबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्