Logo

भारतलाई अमेरिकाको कडा धम्कीः नसच्चिए कारवाही हुनसक्छ


एजेन्सी : विश्वशक्तिको दौडमा रहेको चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनकै छिमेकी मुलुक भारतसँग आमने-सामने भएको छ । पछिल्लो समय भारतका व्यापारिक मामिलामाथि चासो बढाउँदै लगेको अमेरिकाले रसियासँगको सम्बन्धलाई लिएर धम्की नै दिएको छ । भारतले रुसबाट एस-४०० एयर डिफेन्स मिसाइल प्रणाली खरिद गर्न तयार भएपछि अमेरिकी प्रशासनले धम्की नै दिएको हो । रुससँग उक्त सिस्टम खरिद गर्ने प्रसंगलाई लक्षित गर्दै ट्रम्प प्रशासनले चेतावनीको भाषामा भनेको छ, ‘यदि यस्तो कामलाई भारतले निरन्तरता दियो भने कारवाही हुनसक्छ ।’

रुसमाथि ब्यापारिक प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आफ्नो ब्यापारिक साझेदार मुलुक भारतले रुससँग अतिमहंगा वस्तु खरिद गर्ने निर्णय गरेपछि भारतमाथि समेत प्रतिबन्धको चेतावनी दिएको हो । विश्वकै धनी र शक्तिशाली मुलुक मानिने अमेरिकाले ब्यापारिक सम्बन्ध चीन, इरान र रुस हुँदै भारतसँग पनि चिसिन थालेको हो । ट्रम्प प्रशासनले दिएको भारतलाई दिएको चेतावनीलाई केही विज्ञले उसको अर्को कारवाहीका रुपमा पनि ब्याख्या गरेका छन् । त्यसो त, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि मात्रै भारतलाई लक्षित गर्दै भनेका थिए, ‘हामीले भारतसँग केही पाइराखेका छैनौँ ।’

भारतमाथि ट्रम्पको यही आक्रोशको निरन्तरताको रुपमा पछिल्लो धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ब्याख्या गरेका छन् । साथै यसले भारत-रुस सम्बन्धमा असर पार्न सक्ने आँकलन सञ्चारमाध्यमले गरेका छन् । बलियो ब्यापारिक साझेदारसमेत रहेको अमेरिकाको सूचना प्रविधिको क्षेत्रमा हजारौँ भारतीयले लामो समयदेखि काम गर्दै आएका छन् ।

चीनमाथि लागेको सैन्य प्रतिवन्ध फिर्ता लिन अमेरिकालाई चीनको आग्रह

चिनले आफ्नो सैनिकमाथि लागेको प्रतिबन्धहरु फिर्ता लिन अमेरिकालाई आग्रह गर्दै अन्यथा त्यसबाट आउने परिणामहरुको सामना गर्न चेतावनी दिएको छ । ट्रम्प प्रशासनले बेइजिङलाई रुसी सैन्य उपकरण खरिद गरेको भन्दै सजाय दिने घोषणा गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकाले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै सजायस्वरुप यदि कसैले रुसी सैन्य उपकरण खरिद गरे त्यसविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । सोही कारण अमेरिकाले चीनको जनमुक्ति सेनाको खरिद शाखाले नयाँ अमेरिकी प्रतिबन्धको सामना गर्नु परेको हो ।

चीनिया सेनाले सुखोइ लडाकु विमान र रुसी क्षेप्यास्त्र उपकरण खरिद गरेपछि अमेरिकाले उक्त कदम उठाएको हो । चीनले हालै दशवटा रुसी सुखोइ लडाकु विमान र क्षेप्यास्त्र खरिद गरेको थियो । रुसले पनि चिनियाँ सेनाविरुद्धको प्रतिबन्धको आलोचना गरेको छ । रुसी विदेशमन्त्री शर्गेइ लाभ्रोभले अमेरिकी कदमलाई एउटा अर्को अस्वस्थ प्रतिष्पर्धा भनेका छन्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्