Logo

अचम्मको बोरा : माथि आलु तल पैसैपैसा


काठमाण्डौ । आज कैलालीमा आलुको बोराभित्र पैसैपैसा भेटिएको छ । सुन्दा अपत्यारिलो लाग्ने यो घट्ना कैलालीस्थित भजनी नगरपालिका–३ मा पर्ने कुसुमघाटको हो । जहाँ आज एक व्यक्तिले मोटरसाइकलमा आलु भनेर बोँकेका बोरामा सशस्त्र प्रहरीले लाखौँ भारतीय नोट फेला पारेको छ । बोराभित्र ७१ लाख ७९ हजार ३ सय भारतीय नोट भेटिएको हो । यसरी फेला परेको भारतीय नोटको नेपाली बजार मूल्य १ करोड १४ लाख ८६ हजार ८ सय ८० रुपैयाँ पर्न जान्छ ।
अब सवैलाई खुलदुली होला, त्यो आलुको बोरा बोक्ने को हुन् त ? त्यो बोरा बोक्ने कतैको नभई कैलालीकै लम्कीचुहा नगरपालिका–१ का ३१ वर्षे कृष्ण जोशी हुन् । उनैले उक्त बोरा ४ प ६७६० नम्बरको मोटरसाइकलमा राखी भारतबाट नेपाल ल्याउँदै थिए ।

आलुको बोरा भनिएपनि शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले बोराको अनुसन्धान गरेको थियो । तर, प्रहरीले अनुसन्धान गर्दा बोराभित्र आलु नभई भारतीय नोट फेला पार्यो । बोराभित्रको पैसा लुकाउन जोशीले बोराको माथिबाट आलुले छोपेका रहेछन् ।

यसरी एक सय, पाँच सय र दुइहजारका नोटहरुले भरिएको उक्त बोरा बरामद गर्न प्रहरी सफल भयो । प्रहरीले पैसाको बोरा र मोटसाइकल नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कानुन बमोजिम कारवाही अघि बढाइएको जनाएकोे छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्