Logo

‘सीधाकुरा’ टिम जापानमाः गोविन्द तिवारीलाई कारवाही गर्न जापान प्रहरीले सहयोग गर्ने


जापान, ६ असोज । यतिबेला ‘सीधाकुरा जनतासँग’को टिम जापानमा छ । यो अवधीमा हामीले जापानमा रहेको करिब ८० हजार नेपालीले देखेका भोगेका कुराहरुका बिषयमा विभिन्न स्थानमा अन्तरक्रिया छलफल गरिरहेका छौँ ।

यी सबै विषयमा विस्तारै प्रस्तुत गरिने छ तर मुख्य कुरा हाम्रो जापान यात्र तय भएसँगै हाम्रा धेरै दर्शकले नेपालबाट रोजगारीका लागि जापान लैजाने प्रलोभनमा करोडौँ ठगेको गोविन्दा तिवारीका बिषयमा चासो राख्नु भएको छ ।

आफुलाई डा. क्रिस त्रिपाठी भनेर चिनाउने कास्की पुरनचौरका गोविन्द तिवारी तिनै व्यक्ति हुन जसले गोरखाकी अमृता ढकाल, झापाकी सुमी राई, कास्कीकी निशा केसी लगाएत थुप्रै व्यक्तिलाई ९ लाखदेखि ४६ लाखसम्म ठगेका छन् ।

उनका बिषयमा हामीले रिपोर्टीङ गरेपछि हाम्र्रो कार्यक्रममा लाइभ आएका उनले आफुलाई पक्राउ गरी कारवाही गर्न नेपाल सरकारलाई नै चुनौती दिएका थिए ।

लामो समयसम्म उनले आफ्नो राजनैतिक पहुँच तथा व्यवसायीक साझेदारहरुको प्रयोग गरी नेपाल सरकारलाईनै गुम्राहमा राख्ने प्रयास गरे तर हामीले निरन्तर फलोअप गरेपछि अहिले नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी इन्टरपोलमा गोविन्द तिवारका नाममा रेड नोटिश जारी गरेको छ ।

तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् । फोन नम्बर परिवर्तन गरिरहने उनी जापान र कोरियामा लुकिछिपी बस्दै आएका छन् । लाखाँै ठगेर धेरैलाई रुवाएका गोविन्द तिवारी आँफु भने यसरी मस्ती गर्दै छन् ।

अहिले हामीले जापान आएको बेला उनका बारेमा जापान प्रहरीसँग छलफल गरेका छौं । गोविन्द तिवारीका लागि जारी भएको रेड नोटेश, उनले जापानको नाम देखाएर नेपालीलाई ठगेको बिषयमा जापान प्रहरीको अन्तराष्ट्रिय अपराध विभागका अधिकारीहरुसँग हामीले छलफल गरेका छौं ।

जापान प्रहरीले भिडियो प्रशारण गर्ने अनुमती नदिएपनि केहि दिनमा नै काम पुरा भएपछि जानकारी गराउने बताएका छन् ।
जापान प्रहरीका अनुसार करिब ८० हजार नेपाली बसोबास गर्ने जापानमा गोविन्द तिवारी लगाएतका ११ हजार ३६ जना नेपाली विभिन्न गैर काुननी क्रियाकलाप संलग्न रहेका छन् । ठगी, लागुऔषधि कारोवार, चोरी तथा हुण्डी कारोवारमा नेपालहरुको संलग्नता देखिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्