महिलालाई आत्मरक्षा तालिम
कैलाली । महिला हिंसा, बलात्कार जस्ता घटना न्यूनकरण गर्न महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइने भएको छ ।राष्ट्रिय गोजुरियो कराते-दो संघले ओरेक नेपाल लगायतका संघसंस्थाको सहयोगमा तालिम दिन लागिएको हो । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार असोज २० गतेबाट शुरु हुने तालिममा प्रदेश ७ का करिब एक हजार महिलाको सहभागिता रहनेछ ।
तालिममा सहभागी हुन शुल्क लाग्दैन । सहभागी एक हजारबाट उत्कृष्ट १०० जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र स्थानीय तहसँग सहकार्य गरेर तालिम सञ्चालन गर्ने योजना छ । प्रदेश ७ बाट सुरु गरिने आत्मरक्षा सम्बन्धी तालिम प्रदेश एकको बिर्तामोडमा समापन हुनेछ ।