Logo

‘नाकाबन्दीको पाठः सोह्र दुना आठ !’


बिहीबार र शुक्रबार काठमाडौंमा २०७२ सालको नाकाबन्दीको झल्को आयो । बिहीबार विहानैबाट पेट्रोल पम्पहरुमा लामो लाइनहरु देखिए । त्यो लाइन अझै हटिसकेको छैन । चालहरुको आन्दोलनले आपूर्ति रोकिएपछि माग धान्न नसकिने अवस्थाको आँकलन गर्दै नेपाल आयल निगमले तेलमा कोटा प्रणाली नै लगाएको छ ।

सरकारले नाकाबन्दीका बेलामा पाठ सिकेको भन्दै कम्तिमा ९० दिनलाई पुग्ने गरी तेलको भण्डारण राख्ने बताएको थियो । तर, सो योजनालाई गम्भीर रुपमा अघि नबढाउँदा काठमाडौंमा ३ दिन तेल आपूर्ति रोकिँदा नाकाबन्दीकै अवस्था दोहोरियो । वर्षैसाल तेलको माग बढिरहँदा त्यस अनुसार काठमाडौंसहित देशभर भण्डारण क्षमता वृद्धि गरिएको छैन ।

यसैका कारण ३ दिन तेल आपूर्ति प्रभावित हुँदा नै सरकार वास्तविक क्षमता उदांगो भएको बताउँन्, उपभोक्ताकर्मी माधव तिमल्सिना । उनी सरकारले गम्भीर भएर तेलको भण्डारण क्षमता विस्तारमा नलागे यस्तो अवस्था दोरिरहने बताउँछन् । निगमका कार्यकारी निदर्ेेशक सुशील भट्टराई भने अहिले समस्या तेलको भण्डारणका कारण नभएर तेल आपूर्ति गर्ने ट्यांकरका कारण उत्पन्न भएको बताउँछन् ।

उपभोक्ताकर्मीहरु भने सरकारले नाकाबन्दीबाट सिकिएको पाठलाई ‘१६ दुना ८’ बनाउँदा यो अवस्था आएको टिप्पणी गर्छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्