काँग्रेसको प्रारम्भिक मस्यौदा तयार
काठमाडौं–नेपाली काँग्रेस विधान संशोधन प्रारम्भिक मस्यौदा तयार भएको छ ।
नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधान संशोधन प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी गराएको हो । संघीय ढाँचा अनुसार पार्टीको संरचना तयार पार्न नेपाली काँग्रेसले विधान संशोधन मस्यौदा तयारीको कामलाई अघि बढाएको हो ।
१२ वटा स्थानमा आयोजना हुने सो छलफल कार्यक्रममा सभापति शेरबहादुर देउवासहितका नेताहरु सहभागी छन् । प्रदेश स्तरीय छलफलपछि विधानलाई अन्तिम रुप दिइने समितिको योजना छ ।
प्रारम्भिक मस्यौंदामा ३३ प्रतिशत महिला पार्टीका सबै संगठनमा रहने प्रस्ताव गरिएको छ । त्यसैगरी अनुशासन समिति, निर्वाचन समिति, क्रियाशील सदस्य समिति पनि पार्टीमा रहने विधानको प्रारम्भिक मस्यौदामा प्रस्ताव गरिएको छ ।
नेपाली काँग्रेसले संवैधानिक व्यवस्था अनुसार पार्टीको संरचना बनाउन विधान संशोधन मस्यौदा तयार पार्न लागेको हो । विधान संशोधन समितिले तयार पारेको मस्यौदालाई पार्टीको महासमिति बैठकले अनुमोदन गर्नेछ ।