Logo

‘मानसिक रोगी’माथि लाठी र बुट बर्साउर्ने प्रहरीलाई कारवाही


काठमाडौं, ५ असोज । गत सोमबार बिहान गोंगबुको विजीमल नजिक रहेको शिव मन्दिर अगाडि रहेका पसलमा  मानसिक रोगीलाई लाठी र बुट बर्साएको घटनामाथि छानबिन गरी ती प्रहरीलाई कारबाहि हुने भएको छ ।

नेपाल प्रहरीले बिहीबार ट्वीटरमार्फत सूचना जारी उक्त घटनाप्रति ध्यानकर्षण भएको जानकारी दिँदै उक्त घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने बताएको छ ।

Nepal Police

@NepalPoliceHQ

प्रहरी कर्मचारीहरूसँग सम्बन्धित गुनासोका लागि हटलाईन सेवा १११३ वा टेलिफोन नं. ०१-४४१०१४४ वा निम्‍नलिखित eComplain लिंक मार्फत हामीलाई जानकारी गराउन सक्नुहुनेछ ।https://nepalpolice.gov.np/index.php/esuggestion-complaint 

नेपाल प्रहरीले भनेको छ, ‘दिल निशानी मगर (सौजन्य) द्वारा सामाजिक सन्जालमा सार्वजनिक भएको उक्त भिडियोलाई प्रहरी प्रधान कार्यालयले संज्ञानमा लिइएको छ । उक्त भिडियो छानबिन गरी संलग्न प्रहरीमाथि कानूनी कारबाही सरु गरिएको जानकारी गराइन्छ ।’

प्रहरी र पसलेहरु एक जना मानसिक रोगीमाथि सोमबार बिहानै खनिएका उक्त घटना पत्रकार दिल निशानी मगरले मोवाइलमा कैद गरी सामाजिक सन्जालमार्फत शेयर गरेका थिए । उनले भिडियोसहित लेखेका थिए, ‘यी दृश्य लिंदा मेरा हात काँपे । दृश्य हेर्दा लाग्छ, उनी ठूलै अपराधी हुन् अनि प्रहरी र पसले खनिएका छन् ।’ निशानीले पिटाइ खाने व्यक्ति मानसिक रुपमा असन्तुलित लाग्छन् र उनले आफ्नो नाम र ठेगाना बताउन पनि नसक्ने अवस्थासमेत नभएको बताएका छन् ।

स्थानीयका अनुसार ती व्यक्ति प्राय पसल अगाडि सुत्थे । पसलेहरुले यी व्यक्तिमाथि पानी खन्याएर भगाउँथे । पसलेको त्यस्तो व्यवहारले रिसमा ती व्यक्तिले मुख छाड्थे तथानाम गाली पनि गर्थे ।

उक्त भिडियोमा पसलेले ती व्यक्तिलाई कुटपीट गरी प्रहरीलाई बोलाए । तर, प्रहरीले पनि उल्टै अशक्त व्यक्तिको संरक्षण गर्ने राज्यको दायित्व बिर्सेर असहायमाथि अपराधीलाई झैँ लाठी र बुट बर्साए ।

भिडियो हेरौँ

https://www.youtube.com/watch?v=4foEoxl6CC8

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्