Logo

प्रकाण्ड रिहा हुँदै, अब अर्को मुद्दा नलगाउने सरकारको निर्णय


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहा हुने भएका छन् । अब अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने भएको छ । अदालत परिसरबाटै पुनः गिरफ्तारीको श्रृंखला अब रोकिने भएको छ । सरकारले गठन गरेको वार्ता टोलीको सिफारिसमा सरकार यो निष्कर्षमा पुगेको हो ।

वार्ताको वातावरण बनाउन भन्दै वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलपछि अब अदालतले रिहा गर्न आदेश दिए पुनः गिरफ्तार नगर्ने सहमति भएको छ । छलफल विहीबार गृहमन्त्रालयमा भएको थियो ।

त्यसैगरी गृहमन्त्री नेकपाका अरु नेता–कार्यकर्ताको हकमा पनि त्यही निर्णय लागु हुने सहमति पनि भएको छ । अब अदालतले रिह ागर्न आदेश दिएका अन्य नेताहरुलाई पनि पुनः गिरफ्तार नगर्ने सहमति भएको छ ।

वर्ताको लागि आह्वान गरेपछि आफ्ना नेतामाथि गिरफ्तारी र धरपकट जारी राखेको अवस्थाको वार्ताको कुनै सम्भावना नभएको नेकपाका नेताहरुले बताउँदै आएका छन् । अहिले प्रवक्ता प्रकाण्डसहित नेकपाका पोलिट्ब्यूरो सदस्यहरु मोहन कार्की, पदम राई, उमा भुजेल, ओमप्रकाश पुन, कृष्णप्रसाद धमलासहित दर्जनौं नेता–कार्यकताहरु जेलमा छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्