Logo

विप्लवसँग वार्ता गर्न सरकार सक्रिय


नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए सरकारले छाड्ने निर्णय गरेको छ । अब अर्को मुद्धा नलगाउने बरु वार्ताको वातावरण वनाउने तयारीमा सरकार पुगेको हो । र, पक्राउ परेका नेता–कार्यकर्ताहरुलाई पनि छाड्ने संकेत सरकारले दिएको छ । बिहिबार गृहमन्त्रालयमा राजनीतिक वार्ता टोली र गृहमन्त्रीबीच भएको छलफलले मुद्धा लगाएर पक्राउन गर्ने समझदारी बनेको जनाइएको छ । पछिल्लो समय सरकारले विप्लवका ५० भन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।

स्थायी समिति सदस्य प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पदम राई, उमा भुजेल, कृष्ण धमाला, मोहन कार्की र ओम पुन, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, दीपेश राई, चन्द्रबहादुर खड्का र देवनारायण शाह हिरासतमा छन् । त्यस्तै विभिन्न जिल्लाका जिल्लास्तरीय नेताहरू पनि पक्राउ परेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्