Logo
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • कला
  • मनोरञ्जन
  • स्वास्थ
  • प्रविधि
  • खेलकुद
  • वाणिज्य
  • बिश्व
  • प्रवास

मनकामना मन्दिरको छानामा १८ किलो सुन


मुन्धुमस्टार

गोरखास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनर्निर्माण ३ वर्ष लगाएर सकिएको छ।

करिब १२ करोड (सरकारबाट प्राप्त ४ करोड र भक्तजनबाट ८ करोड) संकलन गरेर मन्दिर पुरानै स्वरूप (प्यागोडा) शैलीमा पुनर्निर्माण गरिएको हो।

गोरखाका राजा राम शाहकी रानीले करिब ४ सय वर्षअघि अर्थात् १७ औं शताब्दीमा यो मन्दिर बनाएको मानिन्छ।

यो मन्दिर भूकम्पअघि नै जीर्ण भइसकेको थियो। २०७२ वैशाख १२ को भूकम्पले थप क्षति पुर्‍यायो।

वि.सं. १९९०, २०४५ र २०७२ का भूकम्पको धक्काबाट यो मन्दिर नढले पनि यसका केही भागमा भने क्षति भयो।

मनकामना मन्दिरमा दिनहुँ स्वदेशी र विदेशी गरी पाँच हजार हाराहारीमा भक्तजन पूजाअर्चनाका लागि आउँछन्। मनको इच्छा पूरा हुने भएकोले यस मन्दिरको नाम मनकामना राखिएको मानिन्छ।

यहाँ नेपालीका अलवा भारतीय भक्तजनको दसैँलगायत चाडवाडका बेला घुइँचो लाग्छ। यहाँ मगर थरी पूजारी छन्। अहिले इन्सानबहादुर थापा मगर पूजारी हुन्।

मन्दिर पुनर्निर्माण समय अवधिभर आँगनमा टहरो बनाएर पूजाआजा गरियो। दसैँदेखि भक्तजनका लागि पुनर्निर्माण गरिएको मन्दिर खुला गर्ने तयारी छ। मन्दिर पुनर्निर्माण कार्य पुरातत्व विभागका इञ्जिनियरको निगरानीमा जीर्णोद्धार समितिले गरेको हो। जसको संयोजक नरेन्द्रबाबु श्रेष्ठ छन्।

हामीले मनकामना मन्दिर भत्काउनुपूर्वदेखि पुनर्निर्माण सकिँदासम्मको १७ फोटो राखेका छौं।

मन्दिर भत्काउनुपूर्व क्षमा पूजा गरिएको थियो। गजुर झिक्ने बेला पनि क्षमा पूजा गरियो। अब मन्दिर प्रवेशका दिन पनि पूजा गरिन्छ। मन्दिर जीर्णोद्धार समयभर मुख्य मूर्तिलाई काठको घेरा बनाएर सुरक्षित राखिएको थियो।

मन्दिरको छानामा १८ किलोग्राम सुनको जलप लगाएर सुनौलो बनाइएको छ। मन्दिरमा सिमेन्ट प्रयोग गरिएको छैन चुनासुर्कीको जोडाइ छ भने भूकम्प प्रतिरोधी बनाइएको छ। मन्दिरको आँगनमा ढुंगा छाप्ने काम बाँकी छ।


Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्
संबन्धित
शान्त राईको लेखन र अभिनय रहेको ‘बेरङ्गी’ सार्वजनिक

सुमन बङ्देल काठमाडौँ — नेपाली सांगीतिक बजारमा गुणस्तरीय सिर्जनाको पर्याय बन्दै गएको एसकेआर पिक्चर्सले आफ्नो

कल्पना राई कुन्जुको नयाँ गीत ‘हुलैमा मिल्दै’ सार्वजनिक

-सुमन बाङ्देल लण्डन/काठमाडौँ – लामो समयदेखि बेलायत (UK) लाई आफ्नो कर्मथलो बनाउँदै आए पनि नेपाली

श्रम संस्कृति कलाकार संघ गठन: संयोजकमा रमेश बोखिम

काठमाडौँमा आज एक विशेष भेलाका बीच “श्रम संस्कृति कलाकार संघ” को औपचारिक गठन गरिएको छ।

राजन किरातीको कोशि तिरैमा गीत सार्बजानिक​

मुन्धुम्स्टार डटकम​- गायक राजन किरातिको स्वर रहेको कोशि तिरैमा बोलको गीत सार्बजनिक भ​एको छ​। युवा

mundhumsatar
ट्रेन्डिङ
ताजा अपडेट
शान्त राईको लेखन र अभिनय रहेको ‘बेरङ्गी’ सार्वजनिक

सुमन बङ्देल काठमाडौँ — नेपाली सांगीतिक बजारमा गुणस्तरीय सिर्जनाको पर्याय बन्दै गएको एसकेआर पिक्चर्सले आफ्नो

कल्पना राई कुन्जुको नयाँ गीत ‘हुलैमा मिल्दै’ सार्वजनिक

-सुमन बाङ्देल लण्डन/काठमाडौँ – लामो समयदेखि बेलायत (UK) लाई आफ्नो कर्मथलो बनाउँदै आए पनि नेपाली

श्रम संस्कृति कलाकार संघ गठन: संयोजकमा रमेश बोखिम

काठमाडौँमा आज एक विशेष भेलाका बीच “श्रम संस्कृति कलाकार संघ” को औपचारिक गठन गरिएको छ।

Logo
Mundhumstar media Pvt. Ltd.
  • सूचना विभाग दर्ता नंः : 1484/067-077
  • ई-मेल : mundhumstar.com@gmail.com/ suman.radu@gmail.com
  • फोन नं. : 9849841419/9851086988
  • समचार लागी : 9842800670/9818918675
  • Chabahil-7, Kathmandu

OUR TEAM

  • Editor in Chief : Suman Bangdel (Suman Rai )
  • Executive Editor : Aash Kumar Rai
  • Chairman: Bhai Kirati
  • Founder: Santi Rai & Dinesh Kumar Rai

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।

©2026 mundhumstar.com, All Right Reserved
Host By: Bikashsoft Technology