Logo

फिफा वरीयता : नेपालको एक स्थान सुधार, शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्त


काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

फिफाले बिहिबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ६० औं स्थानमा रहन सफल भएको छ । गत महिना नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो ।

बंगलादेशमा सम्पन साफ च्याम्पियनसिपको उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेको हो । साफमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । एक स्थान तल झरेको भारत ९७ औं स्थानमा रहेको छ । यस्तै एक स्थान नै झरेको माल्दिभ्स १५१ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८८ औं, बंगलादेश १९३ औं, श्रीलंका १९९ औं र पाकिस्तान १९९ औं स्थानमा रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्त रुपमा रहेको छ । बेल्जियम यसअघि दोस्रो स्थानमा रहेको थियो । बेल्जियम र फ्रान्सपछि तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा उरुग्वे रहेको छ ।

यस्तै इंग्ल्यान्ड छैटौं, पोर्चुगल सातौं,  स्विजरल्याण्ड आठौं, स्पेन नवौ र डेनमार्क दशौं स्थानमा छ ।  अर्जेन्टिना ११ औं स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्