जै राति १२ बजेदेखि लागू हुनेगरी : यो दरमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढ्यो !
काठमाडौ । भारतमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च भएको भन्दै आन्दोलन भइरहेका बेला नेपालमापनि इन्धनको मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो।
यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो। आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो।
निगमका अनुसार मूल्य बढाएपछि पनि निगमको नोक्सानी ५० करोड रुपैयाँको हाराहारीमा छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ बढेकोले मूल्य आकासिएको हो।निगमका अनुसार अहिले भने भारतमा भन्दा नेपालमा डिजल र पेट्रोलको मूल्य लिटरमै ३१ रुपैयाँ सस्तो छ । नेपालमा सस्तो भएकाले नेपालबाट भारततर्फ तेलको अवैध रुपमा निकासी भइरहेको छ। भारतबाट किनेर ल्याएको तेल पेट्रोल पम्प मार्फत नै भारत बिक्री भइरहेको थियो।